उपल्लो मुस्ताङ जाने सडक मंगलबार देखि खुलेको छ ।लामो समय देखि अवरुद्ध सडक खुलाईए संगै उपल्लो मुस्ताङ अन्तर्गत कोरला,लोमान्थाङ र दामोदरकुण्ड यात्रा सहज भएको छ
उपल्लो मुस्ताङको मोटर जाने सडक हिउँदयाम पुरै जाम महिना बन्द रह्यो ।पछिल्लो समय जोमसोम ÷कोरला सडकको समर÷ भेनामा हिउँ जमेर बरफ बनेपछि सडक आवागमन सुचारु हुन सकेको थिएन ।
उपल्लो मुस्ताङमा करिव ३ दर्जन भाडाका सवारी साधनले सेवा दिईरहेको छ । अवरुद्ध सडक खुलाईए संगै उपल्लो मुस्ताङ अन्तर्गत कोरला,लोमान्थाङ र दामोदरकुण्ड यात्रा सहज भएको छ ।
लोघेकर दामोदरकुण्ड र वारागुङ गाउँपालिका तथा उपल्लो मुस्ताङ जीप व्यवसाय समितिको पहलमा हिउँ रुपि बरफ डोजर लगाई हटाईएपछि सडक संञ्चालनमा आएको गाउपालिका अध्यक्ष राजु बिष्टले जानकारी दिए ।उनले घीलिङ ,घमी हुँदै उपल्लो मुस्ताङको यातायात सेवालाई सहज पारिएको जानकारी दिए ।
उपल्लो मुस्ताङमा करिव ३ दर्जन भाडाका सवारी साधनले सेवा दिईरहेको समितिका अध्यक्ष देव गुरुङले बताए ।यस्तै ,अब उपल्लो मुस्ताङ जाने नीजि र हरियो प्लेटका जीपलाई समेत आवत जावतमा सजिलो भएको वारागुङ गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जनाए ।




