गतवर्षको कालिगण्डकी नदी कटानले प्रभावित निर्माणधिन छयो मोटरबल पुलको अन्ततः डिजाईन परिवर्तन हुँने भएको छ ।वर्षातको मौसममा नदीको उच्च बहावका कारण छयो गाउँतर्फको निर्माणधिन पुलको फाउन्डेसन बिम लस्कन थालेपछि निर्माणधिन अवस्थाको पुल जोखिममा परेको हो ।
संघीय प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका अनुसार निर्माणधिन छयो मोटरेबल पुलको नयाँ डिजाईन एक महिना भित्र तयार हुँने जानकारी दिए ।अहिलेको अवस्थामा पुल निर्माण गर्दा दिर्घकालिन नहुने देखिएकाले बन्दै गरेको पुलको डिजाईन परिमार्जन गर्ने तयार भएको हो ।
नदीले प्रभावित छयो मोटरेबल पुल केही समय अघि स्वीजरल्याण्ड टोली तथा स्थानीय पूर्वाधार बिकास कार्यक्रमका प्राविधिक टोलीले स्थलगत अनुगमन गरेका थिए ।अनुगमनमा साविक अनुसार पुल निर्माण गर्दा दिर्घकालीन नहुने टोलीले सुझाएको हो ।टोलीले पुलको पछिल्लो बिस्तृत डिजाईन प्रतिवेदन तयार गर्दैछ।
संघीय सांसद सांसद तुलाचन ढिलो भएपनि कामको राम्रो प्रतिफल प्राप्तिका लागि पूर्वाधार बिकासको प्रस्तावमा सहमति जनाएको उल्लेख गरे ।‘कालिगण्डकीको असरले पुलनै धराप पर्ने प्रतिवेदनले उल्लेख ग¥यो ,लामो समयदेखि पुल निर्माणकार्य बिविधकारणले ढिलो भयो,’सांसद तुलाचनले भने,‘हतारको निर्णयले फुर्सदमा पछुताउँनु भन्दा गुणस्तरीय काममा ध्यान दिनुपर्छ भन्ने ठानेर गाउँपालिका,वडा र स्थानीयबासीलाई सुझाएका छौं।अब पुलको डिजाईन केही लामो हुन्छ ।’
नेपालमा लामो समय देखि स्विजरल्याण्ङ संस्था तथा पूर्वाधार बिकास कार्यक्रमको संयूक्त टोलीले नेपालमा बन्ने गरेका पुलहरुको अनुगमन गर्दै आईरहेको छ ।एकसाता अघि छयो पुलको नयाँ डिजाईन लम्बाई परिवर्तन गर्ने बारे छलफल भएको छ ।छलफलमा संस्थाका टोली प्रमुख बेनाम ढलीली र पुल डिजाईन ईन्जिनीयर राजन मानन्धर संंग संघीय सांसद तुलाचनले पुलको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका हुन् ।स्विजरल्याण्डका प्राविधिक टोलीले एक महिना भित्र नयाँ डिजाईनसहित काम अघि बढाउने जनाएको उनले बताए ।उक्त प्राविधिक टोलीले हाल बन्न लागेको पुलको संरचना जोखिम रहेको पुष्टि गरेको छ ।
यसअघि सांसद तुलाचनले प्राविधिक टोलीलाई पुल निर्माण लामो समय भएकाले डिजाईनको बहानामा अरु ढिलाई हुन दिन नहुँने सुझाएका थिए ।उनले जनताको प्रतिक्षाको घडी समाप्त भईसकेकाले यो र त्यो बहानामा काम अड्किन नहुनेमा जोड दिएका थिए ।सांसद तुलाचनले पुल साविक अनुसार बनाउन जोड दिएपनि उक्त प्राविधिक टोलीले दिर्घकालिन पुलका लागि नयाँ डिजाईन आवश्यक भएको जनाएका छन् ।
थासाङ गाउँपालिका छयोमा निर्माणधिन मोटरेबल पुल २०७४ साल फागुनमा सुरु भएको हो ।स्वच्छन्द निर्माण सेवा कम्पनीले ११ करोड ३० लाख लागतमा निर्माण सम्झौता गरेको हो ।लम्बाई सय मिटर र चौडाई ७ दशमलब २० सेमीको रहने छयो पुलको सम्झौता अवधि १८ महिना तोकिएको थियो ।
पुलको सम्झौता अवधि सकिदा जम्मा २५ प्रतिशत मात्र काममा प्रगति भएको प्राधिकरण परामर्शदाता राजिव कुमार शाहले जानकारी दिए ।उनका अनुसार छयो पुलमा डेढ करोडको काम भईसकेको र १ करोड निर्माण कम्पनीले भुक्तानी बुझिसकेको जनाए ।
निर्माणधिन छयो मोटरेबल थासाङ गाउँपालिकाको पूर्वतर्फका गाउँहरु छयो,झिप्रा देउराली,कुञ्जो,ताक्लुङ र टिटी गाउँ जोड्ने महत्वपूण पुल मानिन्छ ।प्रारम्भिक निर्माण चरणमा ठेकेदार र पेटे ठेकेदारबीचको आन्तरिक द्धन्दका कारण पुल निर्माणमा ढिलाई भएको संघीय सांसद तुलाचनको भनाई छ ।
उनले आन्तरिक समस्यालाई सुल्झाएर काम अघि बढाउने प्रयास गरिएको भएपनि वर्षायामको बाढीले पुल निर्माणमा असर पुगेको बताए ।उनले धम्पु,चिमाङmढुम्बा र चराङमा बन्ने पुलहरुको डिपिआर भईसकेको जानकारी दिए ।





