कास्कीको रुपा गाउँपालिका ५ काफ्लेडाँडाका चट्याङ परेका बेला घरको बिजुलीको मिटर बक्स पड्किँदा ३ जना घाइते भएका छन् । घटनामा भगवती सुनार, शान्ति नेपाली र सुमीना कुमाल घाइते भएका हुन् ।
काफ्लेडाँडाका पुष्प कुमालको घर नजिकै पीपलको रुखमा चट्याङ परेको थियो । २० वर्षीया भगवती भगवती सुनार र १९ वर्षीय शान्ति नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने पोखरा ३० की ११ वर्षीया सुमीना कुमालको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।





