मुस्ताङका ५६ सामुदायिक बिद्यालय मध्ये १८ वटा सामुदायिक स्कुलले समान २ लाख सहयोग पाउँने भएका छन् ।अमेरिकी सहयोग नियोग संस्था यूएसआईडीले ईजिआरपिका लागि सहयोग गरेको हो ।
रिसर्च ट्राई ईन्टिच्युटले ईजिआरपी प्राविधिक कार्यको जिम्मा लिएको जनाईएको छ ।रिसर्चले नेपालमा ईजिआरपी लागु भएका जिल्लामा रकम पठाउने भएको हो ।कक्षा १ देखि ३ कक्षा सम्म पढ्ने बालवालिकाको पठनशीप बिकासका लागि रकम उपलब्ध गराईने जनाईएको छ ।जसमा कक्षा कोठा छापायुक्त बनाउने, शैक्षिक सामाग्री खरिद तथा अन्य शैक्षिककार्य संञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराईने ईजिआरपी व्यवस्थापक प्रजु गुरुङले जानकारी दिईन् ।उनले आगामी भाद्र मशान्त सम्म ईजिआरपी कार्यक्रमको लागि तोकिएका मापदण्ड पुरा गर्नुपर्ने आधारसहितको शर्तमा सम्झौता प्रक्रियालाई अघि बढेको उनले बताईन् ।
ईजिआरपी जिल्ला स्तरिय समितिको छनौटमा परेका स्कुलहरुले उक्त सुविधा प्राप्त गर्ने छन् ।मुस्ताङमा पाईला नेपालले स्कुलहरु संग धमाधाम यसको सम्झौता प्रक्रिया अघि बढाएको व्यवस्थापिका प्रजु गुरुङले जानकारी दिईन् ।
हालसम्म १२ वटा स्कुलले संग सम्झौता संम्पन्न भईसकेको छ ।जसअन्तर्गत थासाङमा ४,घरपझोङ ३ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ४ वटा स्कुल संग सम्झौता भएको गुरुङले जनाईन् ।
उनका अनुसार थासाङको राष्ट्रिय बुद्धि बिकास नाउरिकोट र जनआदर्श अमरसिंह कोवाङ,योगेन्द्र टुकुचे,ताक्लुङ आधारभुत ताक्लुङ र घरपझोङको जनबाल मार्फा,जनकल्याण स्याङ र नमुना एयरपोर्ट ,वारागुङको जननर्मल छुसाङ,जनसेवा पुटाक,जनशान्ति कागबेनी र लुप्रा आधारभुत लुप्रा स्क्ुल छन् ।
मंगलबार जनहित मावि जोमसोम संग संम्झौता भएको छ ।ईजिआरपी व्यवस्थापिक प्रजु गरुङ तथा स्कुलका अध्यक्ष जयन्द्रलाल थकाली र प्रधानाध्यापक रामचन्द्र अधिकारीबीच सम्झौता भएको हो ।यस्तै,लोमान्थाङको दिव्यदिप छोसेर, दिव्यज्ञान चुम्जुङ र लोघेकरको घमी आधारभुत घमी , जनज्योति घीलिङ र वारागुङको मुक्तिनाथ झारकोट लगायत ६ वटा स्कुल संग सम्झौता हुन बाँकी रहेको व्यवस्थापिका गुरुङले जानकारी दिईन् ।
रिसर्च ट्राई ईन्टिच्युटले तोकेको मापदण्ड अनुसार स्कुललाई सम्झौता गराईने जनाईएको छ । कागजपत्रबारे जानकारी गराई सम्झौतामा हस्ताक्षर गरिने र पठनशीप कार्ययोजना तयार गर्ने उल्लेख छ ।तोकिएको मापदण्ड पुरा सकिएपछि स्कुलले सुरुआतमै ७० प्रतिशत रकम प्राप्त गर्ने र बाँकी ३० प्रतिशत कार्यक्रम संम्पन्नपछि पाउने कार्यक्रम व्यवस्थापिका गुरुङले बताईन् ।कार्यक्रमको सम्झौता अवधि ६ महिना रहने उनले जनाईन् ।
मुस्ताङमा ईजिआरपि प्राविधिक कामको जिम्मा पाईला नेपालले लिएको हो ।१८ महिना सम्म प्राविधिक कामको जिम्मा लिएको पाईला नेपालले ९ महिना पुरा गरिसकेको गुरुङले जानकारी दिईन् ।




