गण्डकी प्रदेशको ‘पूर्वाधार’आयोजना कछुवाको गति ।


प्रदेश सरकारको नीति तथा योजना आयोगद्धारा बिनियोजित आर्थिक वर्ष ०७५÷०७६ अन्तर्गत मुस्ताङका अधिकाँश आयोजनाको जगनै थालनी हुन सकेन ।चालु आर्थिक वर्ष सकिन केही महिना रहेपनि आयोजनाको कुनै कामहरु सुरुआत गर्ने लक्षण देखिएको छैन ।तर,प्रदेशका मन्त्री तथा कर्मचारीहरु जिल्ला जिलमा पुगेर अनुगमन गर्न थालेका छन् । हिमाली जिल्ला मुस्ताङको पुर्वाधार बिकास आयोजनामा २० प्रतिशत पनि गति लिएको पाईदैन ।


यसवर्ष मुस्ताङमा ४ वटा मोटरेबल पुल,५ वटा ग्रामिण सडक बिस्तार,केही झोलुङे पुल,कृषि,सिचाई,स्वास्थ्य र पर्यटन लगायतका आयोजना घोषणा गरिएपनि कार्यान्वयन प्रक्रियामा ढिलाई भईरहेको छ ।प्रदेश सरकारले गर्ने भनिएको ४ वटा पुल मध्ये मार्फा÷चिमाङ र लेते ÷धम्पु जोड्ने दुई वटा मोटरेबल पुल आयोजना भर्खर सुरुआति चरणमा छन् ।तर,बाँकी लोघेकर दामोदरकुण्डको ध्ये÷ताङ्ग्या र स्याङ ÷ढुम्बा जोड्ने पुलको जेनतेन माटो परिक्षण भएको जनाईएको छ ।यी आयोजना भर्खर सुरुआत हुने लक्षण देखिएपनि निर्माणको काम थालनी यसवर्ष सुरुआत गर्न मुश्किल देखिएको हो ।


सडक तर्फको अवस्था पनि उस्तै देखिएको छ ।सडक तर्फ प्रदेशका ५ आयोजना मध्ये कागबेनी÷पुडाक ÷झोङ ग्रामिण सडक स्तरोन्नतिको काम मात्र भईरहेको छ ।बाँकी आयोजनाको काम कहिले सुरुआत हुने भन्ने अन्योलको अवस्था छ ।प्रदेश सरकारले चालुआर्थिक वर्ष थासाङको थम्पु ÷टिटी,कुञ्जो मोटरबाटो,घरपझोङको जोमसोम÷ठिनी÷ढुम्बा÷छैरो जोड्ने रिङरोड सडक,वारागुङको कागबने÷झोङ÷पुडाक सडक स्तरोन्नति,लोघेकर ग्रामिण सडक, र लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ÷ठिङ्गर÷किम्लिङ÷नाम्डो सडक छन् ।लोमान्थाङको रिङरोड सडकको केही महिना अघि सर्वे भएपनि काम अघि बढेको छैन ।यी महत्वपूर्ण आयोजनाको ढिलाईले बजेट खर्च सञ्चालनमा थप चुनौति देखिएको हो ।


यस्तै,मुस्ताङको जोमसोममा २५ शैयाको हस्पिटल निर्माण गर्ने लक्ष्यसहित बजेट बिनियोजन भएपनि कुनै काम अघि बढेको छैन ।सामाजिक बिकास मन्त्रालयले यहाँ सुविधा सम्पन्न २५ शैयाको अस्पताल निर्माणका लागि ६ करोड बिनियोजन गरेको हो ।यो रकम पूर्वाधार बिकासका लागि खर्च हुने जनाईएको छ ।यसअन्तर्गत अस्पतालका लागि चाहिने अस्पतालको प्रविधि खरिदका लागि २९ लाख बिनियोजन भएको हो ।हालको पुरै संरचना मासेर नयाँ बनाईने भनिएपनि अस्पतालको डिपिआर बन्न नसकेको जनाईएको छ ।

चालु वर्ष मुस्ताङमा ३ होम स्टे सुचिकृत भएका हुन् ।प्रदेशले अनुदान स्वरुप उपलब्ध गराउने भनिएपनि रकम अझै होम स्टे गाउँमा पुग्न सकेको छैन ।पहिलो किस्ता ४ लाख पाउने र यो रकम होमस्टेका लागि पूर्वाधार बिकासमा खर्च शर्त छ ।मुस्ताङमा थकाली होमस्टे यसअघि नै संञ्चालन भएको हो भने,मराङ र चुम्जुङ हामे स्टे संञ्चालन गर्ने तैयारीमा छन् ।


प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ घोषणा गर्ने योजना मुताबिक उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको स्याङ गाउँलाई नमूना कृषि गाउँ घोषणा गरिएको हो ।एक नमूना कृषि गाउँलाई ३० लाख अनुदान उपलब्ध गराईने भएको जनाईएको छ ।छनौट भएको गाउँले पशुपालन र कृषि तर्फ सशर्त अनुदान प्राप्त गर्नेछन् ।यस्तै ,प्रदेश सरकारले खडा गरेको सिचाई सब डिभिजन कार्यालयले भने यहाँ नदी नियन्त्रण ,तटबन्ध र सिचाई आयोजनाका कामलाई अघि बढाएको छ ।

लोमान्थाङ रिङरोड र ठिनी÷ढुम्बा रिङरोडका लागि २ करोड १० लाख बिनियोजन भएको प्रदेश सभासदस्य ईन्द्रधारा बिष्टले जानकारी दिए ।उनले साना सडक आयोजनालाई १ करोड २५ लाख छुट्याएको बताए ।


यस्तै अर्को प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले ठुला र मझौला आयोजनालाई बहुबर्षिय आयोजनामा रुपान्तरण हुने जानकारी दिए ।उनले सडक संञ्जालले बिदेशी पर्यटकको यात्रामा असर पुगेका लागि पदमार्ग बिस्तारका आयोजनालाई पनि प्राथमिकता दिईएको बताए ।
गण्डकी प्रदेशका पूर्वाधार बिकास मन्त्री बस्नेत शुक्रबार मुस्ताङ आएका छन् ।

प्रदेश सरकारद्धारा संञ्चालन हने आयोजनाको सर्वेक्षणका लागि मन्त्री बस्नेत प्राविधिक टोली सहित मुस्ताङ आएका हुन् ।टोली मुस्ताङका बिभिन्न आयोजनाहरुको प्राविधिक अध्ययन गर्ने जनाईएको छ ।