सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी को तालिम सम्पन्न


सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) ले मिति २०७५ चैत्र २७ देखि ३० गते सम्मको सात दिने SAP- 2000 तालिम पोखरा ईन्जिनियरीङ्ग कलेज फिर्केमा पोखरा ईन्जिनियरीङ्ग कलेजका प्रिन्सिपल ई. श्री लेख बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
चैत्र ३० गते शनिवार सम्पन्न उक्त तालिममा सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सी (SECON) का पूर्व अध्यक्ष ई.शुरेस प्रसाद श्रेष्ठ, नेपाल भ्यालुयर्स एसोसियसन पोखरा च्याप्टरका अध्यक्ष ई. राजेन्द्र प्रजूले तालिमको महत्वबारे प्रकाश पार्दे तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नु भयो ।

सोसाईटी अफ ईन्जिनियरीङ्ग कन्सल्टेन्सीका अध्यक्ष ईं श्री राजेन्द्र लिगलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सेकोनका उपाध्यक्ष ई. किशोर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सेकोनका सचिव ईं हरि प्रसाद अधिकारी र संस्थाका कोषाध्यक्ष ईं आनन्द प्रसाद सापकोटाले कार्यक्रमको संयोजकको भूमिका निर्वाह गर्नुभएको थियो । उक्त तालिममा विभिन्न ईन्जिनियरीङ्ग कन्सल्टेन्सीबाट ११ जनाको सहभागीता भएको थियो ।