नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) कास्कीका १ नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपालीलाई आइतबार वबहान प्रहरीले पक्रेको हो । पोखरा–११ फूलबारीबाट उनलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
प्रहरीले गत हप्ता यो संगठनका पृथ्वीनारायण क्याम्पस ईकाइका अध्यक्ष प्रकाश बास्तोला र जिल्ला सदस्य उज्ज्वल पुनलाई पक्राउ गरेको थियो ।





