कुछप गुम्बा पुनःनिर्माण हुँदै,यस्तो छ गुम्बाको ईतिहाँस

सातसय वर्ष पुरानो ऐतिहाँसिक बुद्धिस कुछप तेरङ्गा गुम्बा पुनःनिर्माण हुँदैछ ।यसको स्याङ्पा फाउन्डेसको आर्थिक सहयोग पुनःनिर्माण थालिएको हो ।


मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा डाँडोको थुम्कोमा कुछप तेरङ्गा गुम्बा छ ।गुम्बा भित्र गुरु कुछप तेरङ्गा संम्वन्धि पुरातात्तिक बहुमुल्य ५ रत्न भएपनि पछिल्लो समय गुम्बा जीर्ण भईसकेकाले बहुमुल्य सामाग्री ठिनी घरपझोङ गुम्बामा राखिएको हो । कुछप तेरङ्गालाई तिब्बतियन भाषामा ५ रत्नले अथ्र्याईन्छ ।

कुछपको अर्थ हो–शरिरको प्रतिनिधि ।गुम्बाभित्र गुरु रिन्पोर्छेको शरिरको प्रतिमूर्ति थियो ।तेरको अर्थ–बहुमुल्य खजाना ।त्यस्तै ङा को अर्थ– पाँच भन्ने बुझिन्छ ।कुछ्प व्यवस्थापन अघि गुम्बाभित्र ५ प्रकारका प्रतिमूर्ति खजाना थिए ।जसमा गुरु रिन्पोर्छेको मूर्ति,रिन्पोर्छे रिसाएको मूर्ति ,देवी खन्डो छोग्याल,रिन्पोर्छेले लगाउने कपडा र उनको जुत्ता हुन् ।


कुछप गुम्बा स्थापनाको निकै चाख लाग्दो पौराणिक ऐतिहाँसिक कथा जिवितै छ ।१५ औं सताब्दी ताका लामा लुङ्तेन उर्गेन पाल्साङ रिन्पोर्छेले गुम्बा स्थापना गरेको भन्ने लामाहरुको भनाई छ ।तर, उर्गेन पाल्साङले गुम्बा स्थापना गरेतापनि त्यसपछिका पछिल्ला लामा रिन्पोर्छेहरुले यस गुम्बाको रेखदेख तथा मर्मत संम्भार गर्दै आईरहेका हुन् ।करिव ६५ वर्षअघि टिबेटबाट मुस्ताङ आएका स्याङ्पा रिन्पोर्छेले पछिल्लो समय यस गुम्बाको मर्मत संम्भार गरेका थिए ।अहिले फेरी आधा सताब्दीपछि यस गुम्बाको पुननिर्माण उनकै अवतारी स्याङ्पाले गर्ने भएका हुन ।


अवतारी स्याङ्पा सन् २००१ अर्थात १७ वर्षअघि कुछप तेरङ्गा गुम्बा अवलोकन गर्न मुस्ताङको ढुम्बामा पुगेका थिए ।रिन्पोर्छे त्यहाँ पुग्दा गुम्बाका लामा तथा स्थानीयबासीले गुम्बा पुननिर्माण गर्न आवश्यक भएको दुखेसो सुनाएका थिए ।

स्याङ्पाको ब्रोसरमा उनले भनेका छन् ,‘मैले ढुङ्गा र माटोले बनेका गुम्बा अत्यन्तै जीर्ण अवस्था त्यहाँ पुग्दा देखे ।गुम्बा भित्रको कुछप तेरङ्गाका ५ रत्न समेत अन्य स्थानमा सारिएको रहेछ । गुम्बाको पूननिर्माण गर्न मन लाग्यो र यसका लागि गुम्बा निर्माणको कार्यक्रम अघि बढाए ।’उनले भने,‘ मेरै नाममा सुरु भएको स्याङ्पा फाउन्डेसनले अन्यकार्य गर्दै आईरहेको र सीमित बजेटका बाबजुत मैले यसको पुननिर्माणमा जोड दिएको हुँ ।’स्याङ्पाले यि कुरा ब्रोसरमा लेखेका छन् ।


स्याङ्पा रिन्पोर्छे फाउन्डेसनको ब्रोसरमा नयाँ पूनः निर्माण गर्न लागिएको गुम्बा दुई तले हुने उल्लेख गरिएको छ ।पुननिर्माण हुने संरचनाको भुईतलामा ठुलो सभा हल तथा पुजा कक्ष रहने छ ,त्यसपछिको पहिलो तलामा कुछ्पको ५ बहुमुल्य बस्तु राख्ने कक्ष ,ध्यान कक्ष र रिन्पोर्छे लगायत लामाहरुको बस्ने कोठाहरु हुनेछ ।यसका साथै गुम्बाका वरपर थप संरचना पनि बन्ने भएको छ ।गुम्बा नजिकै खाना खाने ठाउँ,कफी सप र तिर्थालु बिश्राम कक्ष बनाईने छ ।


पूननिर्माणकर्ता गुरु अवतारी स्याङ्पाले भनेका छन्,‘गुम्बाको पुननिर्माणले सुभआशिष तथा धार्मिक मोक्ष मिल्ने र मनोरम दृष्य अवलोकन गर्ने अवसर मिल्ने छ ।यो परियोजनाले ऐतिहाँसिक बस्तुको संरक्षण तथा बुद्ध धर्मको प्रर्वद्धनमा सघाउ पू¥याउने छ ।’रिन्पोर्छेको ब्रोसरमा तल्लो मुस्ताङमा कुछप तेरङ्गा भएको पहिलो गुम्बा ढुम्बा भएको दावी गरिएको छ । यो गुम्बा स्याङ्पा रिन्पोर्छेको बिरासत भएको ब्रोसरमा उल्लेख छ ।उनले बुद्ध धर्मलाई पुस्तौपुस्ता सम्म जिवन्त राख्न सबै बौद्ध धर्मालम्बीहरुलाई सहयोगको अपिल समेत गरेका छन् ।
यस्तो छ गुम्बा स्थापनाको ईतिहाँस
लामा सनप्रसाद थकालीका अनुसार ठिनीको घरप झोङमा जन्मिएका लामा ‘लुङ्तेन उग्र्रेन पाल्साङ’ त्यस समयका नामुद लामा थिए ।१५ औ सताब्दी ताका लामा लुङ्तेन उर्गेन पाल्साङ बुद्ध धर्म संम्बन्धि थप ज्ञान,शिप हासिल गर्न तिब्बततर्फ गएको भन्ने भनाई छ ।

उनी तिब्बत जादाँ ‘सामे’भन्ने ठाउँमा त्यहाँका प्रसिद्ध लामा गुरु ‘रिन्जेन छेन्पो डुडुल धोर्जेका’ साथमा ज्ञान लिए। तिब्बतबाट ज्ञान शिप लिई फर्कने क्रममा गुरु रिग्झिन छेन्पो डुडुल धोर्जेलाई भेटे । भेटपछि उनलाई गुरुले बहुमुल्य कुछप तेरङा सुम्पिए ।गुरुबाट प्राप्त तेरङ्गा ग्रहण गर्दे राम्रो संरक्षण र दिनहु प्रार्थना गर्ने बाँचागरी लामा लुङ्तेन उर्गेन पाल्साङ तिब्बतबाट मुस्ताङ फर्किएका रहेछन्।


तेरङ्गा साथमा लिई फर्किएका लामामा बाटोमा माग्दै फिरन्ते भएर ‘छेवोढोङ’भन्ने स्थानमा आईपुगे।त्याँहा पुजापाठ गर्ने क्रममा तोर्म बनाउदा (तोरढेप) अर्थात पानी भरिएको एक प्रकारको प्लेटलाई कालो कागले टिप्प टिपेर लगेछ ।लामा लुङ्तेनले त्यो देखेर अचम्ममा परे।उनी त्यहाँबाट पनि फर्कदै गर्दा ठिनी घरप झोङमा तिन रात बिताई ढुम्बा तर्फ लागे ।कुछप गुम्बा रहेको ढुम्बा डाडाँको थुम्को नजिकै कालो ढुङ्गामा कागले टिपेर लगेको सामान भेट्न पुगे।त्यसबेला उनलाई तेरङ्गा दिने तिब्बती लामा गुरु रिन्जेन छेन्पो डुडुलले भनेका कुराहरु सम्झिए ।

गुरुले उनलाई कुछप तेरङ्गालाई दाहिने तर्फ सेतो हिमाल(निलगिरी),देब्रे पट्टी ठुलो नदी (कालिगण्डकी नदी), अगाडी पट्टी कुडो, पछाडी पटुटी मुङ्लीधाङ(धौलागिरी हिमाल) बिचमा हात्तिको सुढमा टाउको जस्तो डाडो,डाडामा कालो ढुङ्गा रहेको ठाउमा राख्नु भन्ने कुरा सम्झिए।त्यसपछी लामा पाल्साङले कुछप तेरङालाई ढुम्बा डाडाँमा गुम्बा निर्माण गरी कुछप तेरङ्गालाई प्रतिस्थापन गराईएको लामाको भनाई छ।


‘कुछप तेरङ्गा’अर्थात ढुम्बा गुम्बा मुस्ताङका स्थानीयहरुका लागि प्रसिद्ध धार्मिक स्थलको रुपमा बिकास भएको छ । पुरानो र प्राचिन गुम्बा भएकाले घरपझोङ ५ ठिनीका स्थानीयबासीले समिति गठन गरेर यसको संरक्षण गर्दै आईरहेको जनमुक्ति यूवाक्लव ठिनीका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए ।हालःगुम्बामा लामा लुङ्तेनका शिष्यहरु कोही नरहे पनी अन्य लामाहरुबाट यहाँ दैनिक पुजापाठ गर्ने गरिएको छ ।


गुम्बाको नजिकै डाडाँको फेदमा ढुम्बा ताल पनि छ।सो स्थानबाट तल्लो मुस्ताङका चारैतर्फका भु—भागहरु देखिन्छन्। गुम्बामा बर्षेनी एकपटक देबि देबताका नृत्य सहितको पुजापाठ (ध्येक्याप) देखाउने चलन छ ।बर्षेनी देखाईने ध्येक्यापले शान्ति स्थापना ,दुःख,दर्द,रोग व्याधी र अनिष्ठ पखालिने धार्मिक जनविश्वाश छ।