तनहुँका २ स्थानीय तह प्रमुखले शनिबार भएको नेपाल बार एसोसियसनको चुनावमा भोट हालेका छन् । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र लमजुङका वेशीसहर नगरपालिकाका प्रमुख गुमानसिं अर्यालले मतदान गरेका हुन् ।
एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि तनहुँमा तनहुँसहित गोरखा र लमजुङका मतदाताले भोट हाले । ७० मतदातामध्ये ६७ जनाले मतदान गरेको नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष अमृत नेपालीले बताए ।
एसोसिएसनमा प्रगतिशील प्यानलबाट चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट सुनील पोख्रेल चुनावी प्रतिस्पर्धामा छन् ।




