सौरु बिद्यालयलाई गण्डकी बिकास बैङ्कको आर्थिक सहयोग

गतवर्षको बाढिपहिरोको चपेटामा परेको थासाङ २ सौरुको सौरु आधारभुत बिद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।बुधबार गण्डकी बिकास बैङ्क जोमसोमका प्रतिनिधि टोलीले बिद्यालयलाई नगद ४५ हजार आर्थिक सहयोग गरेका हुन् ।


राहत हस्तान्तरण कार्यक्रममा गण्डकी बिकास बैङ्कका शाखा प्रवन्धक महेश थकालीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई नगद हस्तान्तरण गरेका हुन् ।सो अवसरमा बोल्दै शाखा प्रमुख थकालीले बित्तिय संस्था समाज रुपान्तरणको एक अंग भएकाले सामाजिक उत्तरदायित्वका लागि गण्डकीले आर्थिक सहयोग प्रदान गरेको स्पष्ट पारे ।

उनले समाजको आर्थिक ,सामाजिक र सांस्कृतिक बिकास भएमात्र बैङ्क तथा बित्तिय संस्थामा सेवाग्राही बृद्धि हुने दावी गरे ।यसअघि पनि गण्डकीले कागबेनी,जोमसोम र सौरुका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिसकेको शाखा प्रमुख थकालीको भनाई छ ।उनले यसपटक बाढी प्रभावित सौरु बिद्यालयलाई आर्थिक सहयोग गरेको खुलाए ।उनका अनुसार गण्डकीले जोमसोममा सिसी टिभी खरिदका लागि समेत प्रहरीलाई आर्थिक सहयोग गरेको बताए ।


सौरु बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनले गण्डकी बिकासको सानो आर्थिक सहयोगले बिद्यालयको शैक्षिक पठन पाठनमा ठुलो सहयाग पु¥याउने बताए ।कालिगण्डकी नदीका कारण ओझेलमा परेको यस बिद्यालयलाई यस प्रकारको सहयोगले बालबालिकाको शैक्षिक भबिष्य निर्माणमा योगदान पुग्ने दावी गरे ।

बिद्यालयका प्रधानाध्यापक दिपक तुलाचनले भौगोलिक बिकटता र कालिगण्डकी नदीका कारण सौरु गाउँ आझेलमा परेको बताए ।उनले बाढीपहिरोको चपेटामा परेको आझेलमा परेको गाउँको बिद्यालयलाई गण्डकीले आर्थिक सहयोग पू¥याएर शिक्षा क्षेत्रको सम्मान गरेको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे ।


‘शिक्षित नेपालीका लागि गण्डकीको योगदान,गुणस्तरिय शिक्षामा हाम्रो निरन्तर योगदान’ भन्ने मुल नाराका साथ गण्डकी बिकास बैङ्कले जिल्लाका बिभिन्न बिद्यालयलाई सहयोग गर्दे आईरहेको बैङ्कले जनाएको छ ।

यस्तै,बिकास बैङ्कले समाज रुपान्तरणका लागि योगदान दिए जस्तै बित्तिय कारोबारमा मुस्ताङबासीको निरन्तर साथ सहयोगको अपेक्षा गरेको छ ।