साहित्य

गजल

सर्तक, संयमित बनाै, हुदैन त्यसै डर्नघरमै बस्ने हात धुने, हुन्न नजिक पर्न काेराेना - काेराेना भन्ने डराउने हाेइनअाउदैन त्यसै घरमै बसे,हामीलाई सर्न कर्फ्यु लगाउ सरकार! अझै कडा गरजनता सबै तत्पर छन् , सहयोग गर्न सबैलाई अाफ्नाे ज्यानकाे अति माया छकसैलाई रहर छैन अनिकालमा मर्न लाेभ नगराै, धैर्य गराै बिश्वासमा पराैअत्य हुनेछ भाइरस,अाेठमा खुसी छर्न२०७६/१२/१० गते । पुरा पढौ

सञ्जीवको नेतृत्वमा लेखक संघ कास्की

नेपाली लेखक संघ कास्कीको चौथो अधिवेशनले सञ्जीव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । ३ वर्षे कार्यकालका लागि संघको उपाध्यक्षमा रीता अधिकारी, सचिवमा कमल पौडेल (अथक), सहसचिवमा सञ्जय न्यौपाने, कोषाध्यक्षमा मेघनाथ आचार्य निर्वाचित भए । समितिका सदस्यहरूमा भरत पोखरेल(अञ्जान), शिवराम पौडेल (जुपिटर), श्रीराम अधिकारी र नगेन सिंह छन् । अधिवेशनका लागि भीमनाथ बरालको संयोजकत्वमा वासुदेव पौडेल र इशा शाह सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । अधिवेशनको… पुरा पढौ

गजल

हल्ला जस्तो हुँदै होइन त्रास कोरोनाको गर्मी याममा हुदैन रे बास कोरोनाको सफा रहुँ रुगा खोकी हुन बचौँ, बचाऊँ सचेत रहे गर्न सक्छौँ नास कोरोनाको नेपाली हौं यस्ता रोग धेरै पचाएका छौँ हामीलाई प्रभाव हुन्न खास कोरोनाको यो संसार हल्लाइदियो मान्छे धेरै मार्यो मन्त्रझैँ नाम नजपौँ बदमास कोरोनाको मान्छे होइन रोग भोक यी हुन् हाम्रा शत्रु मुर्दा बनई जलाऊँ लु लास कोरोनाको पुरा पढौ

ग्याल्पो ल्होसारमा मुस्ताङी ओपेरा

पोखराको याम्दीमा रहेको पेमा छाल गुम्बामा ग्याल्पो ल्होसारको अवसर पारी हिमाली क्षेत्रमा हुने गतिविधि समेटिएको पौराणिक गीति नाटक प्रदर्शन गरिएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ बासीले स्थापना गरेको पेमा छाल गुम्बामा नेपाल तिब्बत ल्हामो समाजका कलाकारले गीति नाटक प्रदर्शन मञ्चन गरेका हुन् । गौतम बुद्धको ज्ञानको सन्देश दिने र लोभ, लालचमा पर्न नहुने सन्देश दिने गीति नाटकले समाज परिवर्तनसँगै हिमाली क्षेत्रको रहनसहनलाई देखाएको प्रदेसभा सदस्य इन्द्रधारा विष्टले बताए ।… पुरा पढौ

सञ्जीवलाई अक्षरयात्रा प्रतिभा पुरस्कार

साहित्यकार सञ्जीव पौडेल अक्षरयात्रा प्रतिभा पुरस्कार २०७६ बाट सम्मानित भएका छन् । पौडेल २ दशकदेखि साहित्य सिर्जना र साहित्यिक अभियानमा सक्रिय छन् । उनको ‘यानी’ मुक्तक सङ्ग्रह प्रकाशित छ भने विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् । जीवन र जीवनको यथार्थ बोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ हरेक महिनाको तेस्रो शनिबार विभिन्न स्थानमा हुने तत्स्थानीय सिर्जना र रचनावाचनमा सहभागी हुने प्रतिभावान स्रष्टालाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ । शनिबार ​रूपा गाउँपालिका… पुरा पढौ

कवितामार्फत हेमराजको सम्झना

शनिबार साहित्यकार हेमराज पहारीको १० औं स्मृति दिवस । पोखरेली साहित्यकारले पहारीलाई कविताबाटै सम्झिएका छन् । उनको योगदान र नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्न गठित हेमराज पहारी स्मृति प्रतिष्ठानको आयोजनामा केही प्रतिनिधि कविले आफ्ना रचना सुनाए । साहित्यकार सरुभक्तले हेमराजका कृतिहरु बजारमा अप्राप्त भएकाले पुनप्रकाशन गर्न आग्रह गरे । सुरुमा असल शिक्षकका रुपमा चिनेका पहारीलाई निकै पछिमात्र साहित्यकारका रुपमा चिन्न पाएको उनले उल्लेख गरे । साहित्यकार रमेश श्रेष्ठले आफूलाई पहारीले… पुरा पढौ

आदिवासी जनजातिबारे दुर्लभ पुस्तकहरुको प्रदर्शनी

मगर समुदायको स्थापना दिवस फागुन १५ को अवसरमा पोखरामा विहिबार बृहत पुस्तक प्रदर्शनी गरिएको छ । पोखराका वरिष्ठ कलाकार तथा पत्रकार तिलक पुनको संयोजकत्वमा पुस्तक प्रदर्शन गरिएको हो । पुस्तक प्रदर्शनी झन्डै २ हजार पुस्तक राखिएको पुनले जानकारी दिए । वरिष्ठ पत्रकार पुनले विगत चालिस वर्षदेखि विभिन्न विषयका पुस्तक, पत्रपत्रिका संकलन गर्दै आएका थिए । त्यसरी संकलन गरिएका सामग्रीहरु मध्ये धेरै दुर्लभ खालका समेत रहेका छन् । पोखरामा पुस्तक प्रर्दशनी… पुरा पढौ

साहित्यकार , गायिका अम्बिकालाई अली मियाँ पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारी यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कारबाट सम्मानित भएकी छन् । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ । लोककवि अली मियाँको १ सय २ औं जन्म जयन्तीको अवसरमा बिहीबार आयोजित समारोहमा प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, प्रतिष्ठानका सल्लाहकार तारा बराल, अध्यक्ष हनिफ मियाँ लगायतले अम्बिकालाई सम्मान गरे । १९७५ सालमा पोखराको कुँडहरमा जन्मिएका अली… पुरा पढौ

लघुकथा : जन्मोत्सव

उसले आफ्नो सत्तरीऔँ जन्मदिन भव्यताकासाथ मनाउने विचार गर्‍यो । यतिन्जेल उसले आफ्नो जन्मदिनमा साना प्राणीदेखि लिएर ठूलाठूला प्राणीको हिंसा गर्दै आफ्ना शुभेच्छुकहरुलाई भोज खुवायो । यसपालि भने उसको दिमागमा छुट्टै नयाँ कुरा फुर्‍यो । अर्को वर्ष मनाउन पाउँछु या पाउँदिन भन्ने सोंचेर केकमा आफ्नै आमाको तस्बिर बनाउन लगायो । वरिपरि ७० ओटै मैनबत्ती बाल्यो र आमाको तस्बिरयुक्त केक काट्न तयार भयो । देख्ने,हेर्ने र सहभागी हुनेहरूले आआफ्नै किसिमले प्रतिक्रिया दिए… पुरा पढौ

शुक्रबारबाट ‘यो कस्तो महाभारत’

शुक्रबारबाट पोखरामा मञ्चन हुने नाटक ‘यो कस्तो महाभारत’को मञ्चन तयारी पूरा भएको छ । दीपक पराजुलीले लेखेको नाटक फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतिको यो नाटक मंगलबारबाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजेसमेत हेर्न पाइनेछ । दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक पंच सुब्बा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं