हो म आज्ञाकारी भएको छु
सरकारले भनेको सबै कुरा मानेको छु
सरकारले
साबुनपानीले होत धुन भन्यो
मैले धोएको छु
सरकारले
सामाजिक दुरी बढाउन भन्यो
मैले कसैलाई भेटेकै छैन
सरकारले
माक्स लागाउन भन्यो
मैले लगाएकै छु
हो मैले सबै आदेश मानेको छु
मनमनै सोच्छु
सरकारले मेरै लागि यो सब गरेको हो
मैले सरकारलाई सहयोग गर्नु पर्छ
हो यतिबेला
मैले मेरो भान्सामा बसेर सोचिरहेछु
यदी यस्तै यस्तै रहिरह्यो भने
मैले सरकारको आदेश पालना गर्न सकिन भने
त्यति बेला मेरो सरकार
चामलको बोरा लिएर आउँछ कि आउदैन रु
मैले सरकारले भनेको त मान्नु पर्छ
सरकारले भोकै बस भनेको छैन
आदेश पालना त गर्नै पर्यो
म कसरी भोकै बस्न सक्छु र सरकार ।




