चैत्र १३ गते २०७६

ताजा समाचार

चैत्र १३ गते २०७६

कविता : कोरोना भगाऔं



कोरोना भाइरस विश्वभरी फैलिएछ अहिले
रोकथाम गरौ हजुर रोग नआउदै पहिले
साबुनपानीले पटकपटक हात धुनु पर्दछ
रुघाखोकी लाको मान्छेको टाढै हुनु पर्दछ !!

आफू सचेत बनौ हजुर सचेतना जगाउ
बाहिर हिड्नुपर्यो भने मुखमा माक्स लगाउ
अनावश्यक भिडभाडमा जादैजानु हुन्न
राम्रो संग नपाकेको अण्डा मासु खान हुन्न !!

हाच्छ्यु गर्दा हातले होइन रुमालले मुख छोपौ
साथीभाइ भेट्दापनी नमस्कारमा हात जोडौ
अहिलेसम्म सुरक्षित छ भन्छन हाम्रो नेपाल
हामी सबै एकजुट भइ रोग भगाउन सफल !!

सकभर कार्यक्रम र गोष्ठी गर्दै नगरौउ।
सरकारको कार्यक्रम मा सहकार्य गरौ
आबस्यक काममा मात्र बाहिर जाने गरौ
सत्यतथ्य समाचारको मात्र भर परौ !!

आफन्त र इष्टमित्र पनि भेट्न नजाउ
क्वारेन्टाइनमै बसौ हजुर परिवारमै रमाउ
रुघाखोकी लागेपनी आत्तिइहाल्नु हुन्न
घरभित्र बस्यो भने कोरोनाले छुन्न !!

परदेशबाट आएका संग नजिक हुन नजाउ
धेरै ज्वरो छातीदुखे अस्पतालमा जाच्न जाउ
कोरोना संग बच्न धेरै होसियार बनौ
सतर्कता अपनाएरै कोरोनालाई भगाउ !!

जन्म यस्को भयो चाइना बिश्व घुम्न हिड्छ
धनी गरिब कोहि भन्दैन मान्छे भएपुग्छ
दाजुभाइ दिदिबहिनी यति कुरा सुन्नुहोस
रोगलागे उपचार छैन भन्ने बुझ्नुहोस !!

२०७६/१२/१० गते