समयले आज यस्तो घाउ पार्यो दुनियाँलाई
रुन पनि एउटै आँसु दियो बरै साझा बनाई
फूल रुँदा काँडा रुन्छ ढुङ्गा रुँदा माटो रुन्छ
नङ कट्दा मासु दुख्ने मानवता साँचो हुन्छ
एउटा मुटु दुखी रुँदा दुख्छ अर्को दुखियालाई
रुन पनि एउटै आँसु दियो बरै साझा बनाई
धरतीको पीडा उस्तै आकाशको व्यथा उस्तै
अटल भै उभिरने पहाडको कथा उस्तै
उस्तै पीडा उस्तै व्यथा बोकि हिँड्ने दुनियाँलाई
रुन पनि एउटै आँसु दियो बरै साझा बनाइ ।




