चैत्र १० गते २०७६

ताजा समाचार

चैत्र १० गते २०७६

म कोरोना भाइरस !



आए म तिम्रो सहरमा
तिमी के गर्छौ अब ?
खुब जिस्कायौ मलाई
तिमिहरुले हेप्यौ मलाई
तिमिहरुलाइ थाहा छैन –
मैले कतिको जीवन स्वाहा परिदिए !

जतिसुकै आणविक शक्ति छ भन्नेहरु पनि
दुनियाँकै महाशक्ति राष्ट्रहरु पनि
आज मेरो सामु निरीह बनिरहेका छन्
यो दुनियाँमा मभन्दा शक्तिशाली कोहि छैन
नाथे तिमी नेपालीहरु
के सोचिरहेको आफुले आफैलाइ ?
आउन दुई चार दिन के ढिलो भएको थियो
आफूलेआफैलाइ शक्तिशाली ठान्यौ ?

नेपालिलाइ मैले अवसर दिएको थिए
मेराविरुद्ध परिपक्व हुन
म आउने बाटो बन्द गर्नलाई
तर आखिर आउन निम्ता दियौ
म आए ! अब बच कसरी बच्छौ !!

अझै पनि भन्छु
म तिमिहरुको समाधी बनाउन आएको हुं
वचन चाहन्छौ भने आफै सचेत बन
घरभित्रै बस, तिम्रो सरकारलाइ साथ देउ
नत्र भने तयार बन मेरो सिकार बन्न
किनकी म कोरोना भाइरस हुं
म कोविड नाइन्टीन हुं
म नरसंहार को लागि आएको हुं
तिमिहरुले नै निम्ता दिएर !

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।