साहित्य

साहित्य शृंखलामा नयाँ समिति

साहित्य शृंखला पोखराको शनिबार भएको अधिवेशनले लोकनाथ पुडासैनीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश लक्ष्मी थापा, निर्मला न्यौपाने, काजी गाउँले र लक्ष्मण गौतम छन् । सदस्यमा ताराप्रसाद तिमिल्सिना, कल्पना चिलुवाल, विकास लुंगेली, लीला पण्डित, सुरज उपाध्याय र सन्तोष न्यौपाने छन् । कार्यक्रममा संस्थाको प्रकाशन आलोक शृंखला ७ को लोकार्पण एवं परिचर्चा पनि भयो । समालोचक भाष्करले साहित्यका नाममा परम्परालाई मात्र… पुरा पढौ

सञ्जीवलाई अक्षरयात्रा प्रतिभा पुरस्कार

नेपाली साहित्य र अखबारी लेखनमा सक्रिय सहित्यकार सञ्जीव पौडेललाई यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षरयात्रामा संलग्न भई साधनारत स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ । साहित्यकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा साहित्यकार दीपक समीप, आयोजक संस्थाका अध्यक्षद्वय लक्ष्मण थापा र मोहन भण्डारी सदस्य थिए… पुरा पढौ

भ्यालेन्टाइन डे विशेष : प्रेमको प्रभाव

हाम्रो संवेगस“ग जोडिएको मर्मस्पर्शी भावना हो प्रेम । यसको अभाव, प्रभाव र स्वभावले दुनिया“ बदलेको हामीले सुनेकै छौं, देखेकै छौं, र लेखेकै छौं । अनि भोगेकै पनि छौं । प्रेमविना हामी जिन्दगीको कल्पनासम्म गर्न सक्दैनौ । केही लेखक विशेष प्रेमका बारेमा कलम चलाउ“छन् । भ्यालेन्टाइन डे प्रेम लेख्नेहरुको लागि महान चाड हो । यसै अवसरमा प्रेमकै बारेमा आफ्नो लेखन कौशल प्रयोग गर्ने लेखकस“ग प्रेम संवाद गरिएको छ । उनीहरुले यसरी… पुरा पढौ

आर्थिक नेता ( छोटो कथा )

कविराज कुनै पाटिका अपहेलित दुख पाएका तथा जेल परेका कार्यकर्ता थिए ।उनी नौ कक्षा पढदै गर्दा राजनीतिमा होमिएका थिए । दिनभरि झिंगा भन्केको मनभोगलाई पण्डितले गहुत छर्केर शुद्ध पार्न खोजे जस्तै गरि उनी पाटिको काममा लत्रिरहेका थिए । प्रवेशिका परीक्षा प्राइभेट रुपमा पास गर्ने धोकाले उमेर छिप्पिए पनि उमानाथ नाम गरेका शिक्षकसंग टिउसन पढदै थिए । उता उमानाथ विद्यालयमा अर्थशास्त्र विषय पढाउथे । पाटिको जोडबलले प्रधानाध्यापकमा फडको मार्ने दाउमा उनी… पुरा पढौ

‘इच्छुक’ का दुई कविता

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदैतिमी भन्छौ– गाउन त गाऊतर यो गीत नगाऊहामी भने त्यही गीत गाइरहन्छौँ  हाम्रा विचारमा प्रतिबन्ध लाउँदैहाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदैतिमी भन्छौ– लेख्न त लेखतर यो गीत नलेखहामी भने त्यही गीत लेखिरहन्छौँ  हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदैहाम्रा खुट्टाहरूमा नेल भिराउँदैतिमी भन्छौ– हिँड्न त हिँडतर यो बाटो नहिँडहामी भने त्यही बाटो हिँडिरहन्छौँ। ओ शासक, प्रशासकहरू !अस्वीकार्य छ हामीलाईतिम्रा निरंकुश आदेशहरूतिमी जतिसुकै हुकुम र फरमानहरू जारी गरतिमी जतिसुकै जुलुम… पुरा पढौ

गजल

परदेशी हुँदा युवा आँगन खाली खाली भयो ,मायामा सधै लुट्पुटिने मन खाली खाली भयो । जिन्दगीलाई चलाई राख्ने धारा अनि उपधारा ,बनाएर पारित गर्ने सदन खाली खाली भयो । लागेन खै बिश्वास किन हिजो भन्दा पनि आजपूरा गर्न दिईएको वचन खाली खाली भयो । गार्हो हुन्छ अप्रत्यक्ष दासताको माला लाउन,भन्दै अरुलाई छाट्ने दर्शन खाली खाली भयो । हामी रुने हाम्रै देशमा कैयौं ठाँटले हिडेका छन् ,फर्क कान्छा जेठा माईला जीवन… पुरा पढौ

सुकुमलाई पण्डित आनन्दमणि पुरस्कार

साहित्यकार सुकुम शर्मा पण्डित आनन्दमणि टुल्की नन्दकला साहित्य पुरस्कारबाट सम्मानित भएका छन् । पूर्वमन्त्री त्रिलोचन ढकाल र उनको परिवारले मातापिताको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । आँधीखोला ६ मा उनीहरुले स्थापना गरेको पण्डित आनन्दमणि टुल्की नन्दकला स्मृति प्रतिष्ठानले शनिबार कार्यक्रम गरी डा. शर्मालाई सम्मान गरेको हो । साहित्यको क्षेत्रमा शर्माले पु¥याएको योगदानको कदर गर्दै आँधीखोला ६ मा पण्डितकै निवासमा डा. शर्मालाई नगद २० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो… पुरा पढौ

पोखरेलीले सम्झे सम

सङ्ख्यात्मक र गुणात्मक दुवै हिसाबले नेपाली नाटकका सर्वोच्च प्रतिभा नाट्यसम्राट् बालकृष्ण समको ११८ औं जन्मजयन्ती पोखरामा मनाइएको छ । नेपाली वाङ्मयको जरो संरक्षण र टुुप्पो जोगाउनु पर्ने अभियानका साथ क्रियाशील जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाट्यसम्राट्क समको जन्मजयन्ती विशेष समारोह आयोजना गरेको हो । कार्यक्रममा प्राडा रामचन्द्र पोखरेलले बालकृष्ण समको नाट्यकारिता विषयक कार्यपत्र प्रस्तुत गरेका थिए भने सरुभक्तको ज्ञान विज्ञानले हात जोड्नुपर्दछ कर्ममा विषयक सम्भाषण रहेको थियो । साहित्यकार सरुभक्तले… पुरा पढौ

वसन्तको झटारो : फेवा र रारा भित्तामा टाँसौं !

सम्पदाको विनास र राज्य सञ्चालनमा विद्यमान वेथितिको सामाजिक सञ्जालमा सबैभन्दा बढी चर्चा, आलोचना हुन्छ । यही विषय सर्जकको पनि प्राथमिकतामा पर्ने गरेको छ । संस्कृति र सम्पदा विनास हुँदै गएको भन्दै मुक्तककार डा वसन्त गौतमले यसरी आक्रोश पोखे प्रकृति मासौं, संस्कृति मासौं पुर्खाको पौरख, सम्पदा नासौं भ्रमण वर्ष मनाउन पनि छाड्नुहुन्न फेवा र रारा भित्तामा टाँसौं मुक्तक मञ्च पोखराले शनिबार आयोजना गरेको कार्यक्रममा मुक्तकमार्फत यस्तै खबरदारी गरियो । केही मुक्तककारले… पुरा पढौ

फूल र जीवनको सम्बन्ध

फूल राम्रो गुलाफको का“डा भए पनि सम्झना आइरहन्छ साथी टाढा भए पनि फूल फुलेको देख्दैमा टिपी नहाल्नू सफल जिन्दगीको कामना यही छ मेरो नया वर्षको शुभकामना यस्तै माािर्मक शब्दमा उनिएको छ लाहुरेनी फूल उपन्यास । यसलाई सुष्मा रुपाबुङ राईले उपन्यासको रुप दिएकी छिन् । यसलाई फिनिक्स बुक्सले बजारमा ल्याएको छ । यो कृति लाहुरेनी फूलकै वरिपरि घुमेको छ । फूल चुस्न आउने भमरा र पुतलीको बारेमा सुष्माले सु्न्दर र सारगर्भित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं