लघुकथा : वर्ग उत्थान

स्याङ्जा बजारको चौकीनेर चिया पिउँदै थिए । चिया पिउदा पिउदै एक जना हेर्दा भद्र जस्ता देखिने ब्यक्ति छेउमै आएर बसे । चिया पिउने बिचारले नै आएका रहेछन् । अडर गरे । बोली कता कता परिचीत जस्तो लाग्यो ।

उनी चिया पसलेसँग गफिन थाले । भन्दै थिए ” कम्युनिस्टको सरकारले गरिखान नदिने भयो ।करैकर कति तिर्नु । नाफाभन्दा बढी कर तिर्नुपर्ने भयो ।”

उनको कुरा मैले चाख मानी मानी सुनिरहे । सोचे कुनै ब्यापारी होलान् ।बोली भयंकर परिचीत जस्तो लाग्यो । ठम्याउन सकिन। उनी चिया पिएर सरासर लागे । पछि चियापसले संग उनकोबारेमा सोधे । चिया पसलेले भने, ” लौ चिन्नुभएन । म त चिन्नु भयो होला भनेको । जिबनाथ सुवेदी क्या ।पहिला नेपाली काङ्ग्रेसमा थिए । पछि माओवादी भए । अहिले फेरि काङ्ग्रेसमै छन् ।माओवादीको खुब विरोध गर्छन् ।”

जिबनाथ सुवेदी भन्ने बित्तिकै मलाई २०५८ सालको स्याङ्जा आक्रमणको याद आयो । उनी त्यतिबेला स्याङ्जाका सामान्य किराना पसले थिए । जनयुद्धको बिसर्जन पछि रातारात करोडपति भए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।