साहित्य

अम्बिका भण्डारीलाई अली मियाँ प्रोत्साहन पुरस्कार

साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला छ । प्रतिष्ठानका सचिव पद्यराज ढकाल संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो । लोकसाहित्य र लोकगीतमा भण्डारीको करिब १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गर्न लागिएको ढकालले जानकारी दिए । कास्कीको अन्नपूर्ण गाउँपालिका… पुरा पढौ

लघुकथा : वर्ग उत्थान

स्याङ्जा बजारको चौकीनेर चिया पिउँदै थिए । चिया पिउदा पिउदै एक जना हेर्दा भद्र जस्ता देखिने ब्यक्ति छेउमै आएर बसे । चिया पिउने बिचारले नै आएका रहेछन् । अडर गरे । बोली कता कता परिचीत जस्तो लाग्यो । उनी चिया पसलेसँग गफिन थाले । भन्दै थिए " कम्युनिस्टको सरकारले गरिखान नदिने भयो ।करैकर कति तिर्नु । नाफाभन्दा बढी कर तिर्नुपर्ने भयो ।" उनको कुरा मैले चाख मानी मानी सुनिरहे ।… पुरा पढौ

गजल सन्ध्यामा ८ गजलकारका ४० गजल

गजल सन्ध्या पोखराको यस महिनाको नियमित गजल वाचन शृङ्खला विशेष किसिमले सञ्चालन गर्ने भएको छ । नियमित गजल वाचनको २०० औँ शृङ्खला पुगेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो । आगामी फागुन १० गते शनिबारका दिन आयोजना हुने कार्यक्रममा पोखराका चर्चित आठजना गजलकारहरूलाई एकसाथ उभ्याउने तयारी संस्थाले गरेको छ । ‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वि.सं. २०५९ सालमा पोखरामा स्थापना भएको संस्थाले यसपटक आफ्ना सम्पूर्ण पूर्वअध्यक्षहरूको… पुरा पढौ

गजल

आफ्नैसङ्ग थर–ठेगान मागेपछि उत्पात हुन्छमान्छेबाट मानवता भागेपछि उत्पात हुन्छ नरोपिदेऊ चिर्किटेमा आगोको बिउ जानीजानीजम्न छोडी हिउँ जल्न लागेपछि उत्पात हुन्छ बासन्तीयाम होली खेल्न छाडी कैलाश वारिपारिकालो रंगका तोरणहरु टागेपछि उत्पात हुन्छ नबजाऊ बिना मौसम पञ्चेबाजा यो धरामासुतिरा’को कुम्भकर्ण जागेपछि उत्पात हुन्छ पुरा पढौ

साहित्य शृंखलामा नयाँ समिति

साहित्य शृंखला पोखराको शनिबार भएको अधिवेशनले लोकनाथ पुडासैनीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश लक्ष्मी थापा, निर्मला न्यौपाने, काजी गाउँले र लक्ष्मण गौतम छन् । सदस्यमा ताराप्रसाद तिमिल्सिना, कल्पना चिलुवाल, विकास लुंगेली, लीला पण्डित, सुरज उपाध्याय र सन्तोष न्यौपाने छन् । कार्यक्रममा संस्थाको प्रकाशन आलोक शृंखला ७ को लोकार्पण एवं परिचर्चा पनि भयो । समालोचक भाष्करले साहित्यका नाममा परम्परालाई मात्र… पुरा पढौ

सञ्जीवलाई अक्षरयात्रा प्रतिभा पुरस्कार

नेपाली साहित्य र अखबारी लेखनमा सक्रिय सहित्यकार सञ्जीव पौडेललाई यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षरयात्रामा संलग्न भई साधनारत स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ । साहित्यकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा साहित्यकार दीपक समीप, आयोजक संस्थाका अध्यक्षद्वय लक्ष्मण थापा र मोहन भण्डारी सदस्य थिए… पुरा पढौ

भ्यालेन्टाइन डे विशेष : प्रेमको प्रभाव

हाम्रो संवेगस“ग जोडिएको मर्मस्पर्शी भावना हो प्रेम । यसको अभाव, प्रभाव र स्वभावले दुनिया“ बदलेको हामीले सुनेकै छौं, देखेकै छौं, र लेखेकै छौं । अनि भोगेकै पनि छौं । प्रेमविना हामी जिन्दगीको कल्पनासम्म गर्न सक्दैनौ । केही लेखक विशेष प्रेमका बारेमा कलम चलाउ“छन् । भ्यालेन्टाइन डे प्रेम लेख्नेहरुको लागि महान चाड हो । यसै अवसरमा प्रेमकै बारेमा आफ्नो लेखन कौशल प्रयोग गर्ने लेखकस“ग प्रेम संवाद गरिएको छ । उनीहरुले यसरी… पुरा पढौ

आर्थिक नेता ( छोटो कथा )

कविराज कुनै पाटिका अपहेलित दुख पाएका तथा जेल परेका कार्यकर्ता थिए ।उनी नौ कक्षा पढदै गर्दा राजनीतिमा होमिएका थिए । दिनभरि झिंगा भन्केको मनभोगलाई पण्डितले गहुत छर्केर शुद्ध पार्न खोजे जस्तै गरि उनी पाटिको काममा लत्रिरहेका थिए । प्रवेशिका परीक्षा प्राइभेट रुपमा पास गर्ने धोकाले उमेर छिप्पिए पनि उमानाथ नाम गरेका शिक्षकसंग टिउसन पढदै थिए । उता उमानाथ विद्यालयमा अर्थशास्त्र विषय पढाउथे । पाटिको जोडबलले प्रधानाध्यापकमा फडको मार्ने दाउमा उनी… पुरा पढौ

‘इच्छुक’ का दुई कविता

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदैहाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदैतिमी भन्छौ– गाउन त गाऊतर यो गीत नगाऊहामी भने त्यही गीत गाइरहन्छौँ  हाम्रा विचारमा प्रतिबन्ध लाउँदैहाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदैतिमी भन्छौ– लेख्न त लेखतर यो गीत नलेखहामी भने त्यही गीत लेखिरहन्छौँ  हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदैहाम्रा खुट्टाहरूमा नेल भिराउँदैतिमी भन्छौ– हिँड्न त हिँडतर यो बाटो नहिँडहामी भने त्यही बाटो हिँडिरहन्छौँ। ओ शासक, प्रशासकहरू !अस्वीकार्य छ हामीलाईतिम्रा निरंकुश आदेशहरूतिमी जतिसुकै हुकुम र फरमानहरू जारी गरतिमी जतिसुकै जुलुम… पुरा पढौ

गजल

परदेशी हुँदा युवा आँगन खाली खाली भयो ,मायामा सधै लुट्पुटिने मन खाली खाली भयो । जिन्दगीलाई चलाई राख्ने धारा अनि उपधारा ,बनाएर पारित गर्ने सदन खाली खाली भयो । लागेन खै बिश्वास किन हिजो भन्दा पनि आजपूरा गर्न दिईएको वचन खाली खाली भयो । गार्हो हुन्छ अप्रत्यक्ष दासताको माला लाउन,भन्दै अरुलाई छाट्ने दर्शन खाली खाली भयो । हामी रुने हाम्रै देशमा कैयौं ठाँटले हिडेका छन् ,फर्क कान्छा जेठा माईला जीवन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं