हल्ला जस्तो हुँदै होइन त्रास कोरोनाको
गर्मी याममा हुदैन रे बास कोरोनाको
सफा रहुँ रुगा खोकी हुन बचौँ, बचाऊँ
सचेत रहे गर्न सक्छौँ नास कोरोनाको
नेपाली हौं यस्ता रोग धेरै पचाएका छौँ
हामीलाई प्रभाव हुन्न खास कोरोनाको
यो संसार हल्लाइदियो मान्छे धेरै मार्यो
मन्त्रझैँ नाम नजपौँ बदमास कोरोनाको
मान्छे होइन रोग भोक यी हुन् हाम्रा शत्रु
मुर्दा बनई जलाऊँ लु लास कोरोनाको




