गजल

परदेशी हुँदा युवा आँगन खाली खाली भयो ,
मायामा सधै लुट्पुटिने मन खाली खाली भयो ।

जिन्दगीलाई चलाई राख्ने धारा अनि उपधारा ,
बनाएर पारित गर्ने सदन खाली खाली भयो ।

लागेन खै बिश्वास किन हिजो भन्दा पनि आज
पूरा गर्न दिईएको वचन खाली खाली भयो ।

गार्हो हुन्छ अप्रत्यक्ष दासताको माला लाउन,
भन्दै अरुलाई छाट्ने दर्शन खाली खाली भयो ।

हामी रुने हाम्रै देशमा कैयौं ठाँटले हिडेका छन् ,
फर्क कान्छा जेठा माईला जीवन खाली खाली भयो ।