फागुन १ गते २०७६

ताजा समाचार

फागुन १ गते २०७६

भ्यालेन्टाइन डे विशेष : प्रेमको प्रभाव

हाम्रो संवेगस“ग जोडिएको मर्मस्पर्शी भावना हो प्रेम । यसको अभाव, प्रभाव र स्वभावले दुनिया“ बदलेको हामीले सुनेकै छौं, देखेकै छौं, र लेखेकै छौं । अनि भोगेकै पनि छौं । प्रेमविना हामी जिन्दगीको कल्पनासम्म गर्न सक्दैनौ । केही लेखक विशेष प्रेमका बारेमा कलम चलाउ“छन् । भ्यालेन्टाइन डे प्रेम लेख्नेहरुको लागि महान चाड हो । यसै अवसरमा प्रेमकै बारेमा आफ्नो लेखन कौशल प्रयोग गर्ने लेखकस“ग प्रेम संवाद गरिएको छ । उनीहरुले यसरी प्रेमका बारेमा अनुभूति प्रकट गरेका छन्

अश्विनी कोइराला प्रेमको नियममा कलम निरन्तर चलाउ“छन् । उनी प्रेम लेख्ने मान्छे हुन् । उनीस“ग लामो समयसम्म साहित्यिक पत्रकारिता गरेको अनुभव छ । उनका ‘उनी’ ‘जुकर्सवर्ग क्याफे’ ‘प्रेमालय’ जस्ता किताब प्रकाशित छन् । प्रेमलाई कलात्मक शैलीमा भावनामा उतार्न खप्पीस छन् उनी । उनको विचारमा ‘प्रेमले भोलिको आशा दिन्छ । भरोसा, उत्साह र उत्प्रेरणा दिन्छ । प्रेम आमा हो, त्यसमा वात्सल्य हुन्छ । प्रेम पिता हो । भ्रम नै भए पनि संसार मेरो लागि हो भन्ने लागिरहन्छ ।

प्रेम स्पर्शको आनन्द हो, तृप्ति हो । यसकै बाटो हिडेर जीवनसाथीसम्म पुगिन्छ । प्रेम पारिवारिक सृष्टिको सुरुवात हो । जब मान्छे आफ्नो जीवनको मूल्यांकन गर्न थाल्छ, तब प्रेमको फललाई मात्र उपलब्धिको रुपमा देख्छ । प्रेमविना सबै कुरा निष्फल लाग्छ । यो जीवन समग्रमा प्रेम गर्नकै लागि प्राप्त भएको हो । जिन्दगीको अर्थ नै प्रेमको आशामा केन्द्रित छ । जीवनमा सबै कुरा छ तर प्रेम छैन भने मानिसले यसको खोजी गरिरहन्छ । यदि प्रेम प्राप्त गरेको छ भने अरु कुरा खासै खोजिरहदैन । जब मैले प्रेमको बारेमा बुझ्न थाले त्यसपछि प्रेमको बारेमा लेख्न थालेको हुँ । जब जब संसारमा प्रेम हराएको देख्छु, तब तब प्रेम सम्झिएर लेख्छु । जब जब कोही प्रेममा मदहोस भएको देख्छु । मैले प्रेम लेख्नुको कारण नै प्रेम हो ।

कृष्ण आचार्य

कृष्ण आचार्य आफ्नो पहिलो उपन्यास ‘अप्रिलफुल’मार्फत चर्चामा आएका छन् । उनी पनि विशेष प्रेमवरिपरि घुमेर जीवन र जगतको बारेमा लेख्छन् । उनको लेखनको शुरुवात पत्रकारिताबाट भएको हो । उनी समाजमा विभिन्न कामबाट योगदान दिएका मान्छेलाई खोजी खोजी सञ्चारमाध्यममा ल्याउ“छन् । फेसबुकमा उनले लेखेका विचार प्रेमिल भावनाले ओतप्रोत हुन्छन् ।

यी सबै लेखकका लागि प्रेम प्रेरणाको स्रोत बनेको छ । प्रेम नगरेको भए लेखक बन्न नसक्ने ठम्याइ छ ।

उनी प्रेमलाई विभिन्न दृष्टिकोणबाट परिभाषित गर्न मन पराउ“छन् । उनको विचारमा ‘मानिसहरु किन प्रेम गर्छन यसको उत्तर शायद कसैसँग नहोला । प्रेम त नैसर्गिक रुपमा उत्पन्न हुने भावना हो । प्रेमको कुनै मापदण्ड र दायरा छैन । प्रेम कहिले, कसरी, क“हा, कोस“ग र किन हुन्छ । यी प्रश्नको न त कुनै जवाफ छ, न त ग्यारेन्टी नै । मेरो विचारमा प्रेमको प्रथम विन्दु आकर्षण हो । कसैलाई कसैको बानी व्यवहारले लोभ्याउ“छ ।

कसैलाई शारीरिक सुन्दरताले नजिक ल्याउ“छ । समाज र परिवेश अनुसार प्रेमका आयाम फरक फरक हुन्छन् । प्रेम मन र मस्तिष्कबीचको प्रेमिल द्वन्द्व हो । । म प्रेममार्फत् मानिसको जीवन जगतलाई लेखिरहेको छु । मस“ग प्रेम लेख्दाको रमाइलो अनुभव छ मैले लेखेको अप्रिलफुल उपन्यास पढेर एक वृद्धले धेरै धन्यवाद दिए । मेरो उपन्यास पढेर उनलाई आफ्नो युवावस्थाको झझल्को आयो रे । प्रेम जिन्दगीको अनन्य पाटो हो । यसमा नै जीवनको सुख दुख प्रतिविम्बित हुन्छ । त्यसैले म प्रेम लेख्छु । प्रेमनै जीवनको पथप्रदर्शक हो ।ं’

सुबिन भट्टराई

सुबिन भट्टराई पनि प्रेमका पक्षधर हुन् । उनीद्वारा लिखित ‘साया’ ‘समर लभ’ ‘प्रिय सुफी’ ‘मनसुन’ ‘कथाकी पात्र’ जस्ता उनका उपन्यास प्रेममै आधारित छन् । उनी प्रेमको बारेमा मन छुने प्रसंग लेख्छन् । उनी प्रेमलाई यसरी परिभाषित गर्छन् ‘प्रेम कुनै बेला सिलिङ्गमा डोरी टागेर घाटी कस्न सिकाउ“छ । कुनै बेला यही प्रेमले चुपचाप चुपचाप बस् चुपचाप बस्न सिकाउ“छ ।

हामी तैरिरहन्छौ आकाशमा बादलको शिरानी बनाइ, प्रेम आउछ र पानीको थोपा बनी खस्न सिकाउ“छ । प्रेम आउछ कुनै बेला समय मिलाएर, प्रेम आउछ कुनै बेला ढोकै नढक्ढक्याएर । केही प्रेमका सम्झना यति मुलायम हुन्छन्, जसलाई हर रात, हर बिहान, सिरानीजस्तै बडो आनन्दले छातीमा टा“सिरहन मन लाग्छ, गर्धन अडयाइरहन मन लाग्छ । प्रेमको यस्तै अनुभूतिले मलाई प्रेम गर्न सिकाउ“छ ।’ उनी प्रेम लेखकका रुपमा स्थापित भइसकेका छन् ।

निरुपा प्रसून

निरुपा प्रसून पनि प्रेम लेख्न मन पराउ“छिन् । उनका ‘अभिलाषा’ कविता सङग्रह वि.सं २०६३, ‘अभिषेक’ उपन्यास वि.सं २०६६, ‘तिम्रो लोग्ने र म’ कथासंग्रह २०७१ गरी जम्मा ३ कृति प्रकाशित छन् । उनको लेखनमा प्रेम कतै न कतै प्रतिबिम्बित भएको हुन्छ । निरुपा प्रेमको सान्दर्भिकता र महत्वलाई यसरी परिभाषित गर्छिन् । ‘प्रेम मन पर्छ मलाई । प्रेम सास फेर्नु जस्तै हो मेरो लागि । यस बह्माण्डको उत्कृष्ट सुन्दर कुरा नै प्रेम हो लाग्छ । प्रेम स्वच्छन्द हुन्छ । यसले कुनै पनि वर्ण, वर्ग, भूगोलको निर्धारण गर्दैन । प्रेम यो संसारको सबैभन्दा सुन्दर चीज हो । कहिलेकाहीं प्रेम नै लेख्छु भनेरै पनि लेख्दिन, लेख्दै गर्दा कही न कतै त्यसले प्रेम छोएकै हुन्छ । आफैं प्रेम कथा बनिदिन्छन् कहिले त मेरा कथाहरु । यसरी स्वत ः प्रेम उत्पन्न हुन्छन् मेरा सृजनामा । प्रेम नै मेरो लेखनको ऊर्जा हो ।’ उनको तिम्रो लोग्ने र म शिर्षकको कथाले निक्कै चर्चा पाएको थियो । विवाहित मान्छेस“ग प्रेम गर्दा भोग्नुपर्ने पीडालाई उनले कलात्मक तरिकाले वर्णन गरेकी छिन् ।

सरोज रेग्मी

सरोज रेग्मी उदयीमान प्रेम लेखक हुन् । उनको ‘मिस यु’ उपन्यास प्रेमको अनेकन आयामलाई उजागर गरेको छ । उनले प्रेमलाई यसरी बुझेका छन् ‘प्रेम एक आफैंमा अपरिभाषित तथा अपरिहार्य शब्द हो । प्रेमको कहानी बयान गर्न सकिन्छ, अनुभव बयान गर्न सकिन्छ, आफ्नो दृष्टिकोण दिन सकिन्छ तर यसलाई ठोस व्याख्या गर्न सकिन्न । प्रत्येक मानिसको जीवनमा एउटा आफ्नै छुट्टै प्रेमकहानी हुन्छ, जसमा शुद्ध भोगाइ हुन्छ । प्राचीन कालदेखि वर्तमानसम्म समय अनुसार प्रेमले हरेक दिन आफ्ना कहानी रच्यो र त्यो कतै इतिहासमा कतै पुस्तकमा कतै पर्दामा त कतै मन मस्तिष्कको अग्र स्थानमा अमर रहे । मतलव योस“ग जोडिएका कहानीहरु असिमित तथा सदावहार छन् र उत्तिकै रुचाइन्छन् पनि ।

यसको न त उमेर समूह हन्छ न त परिधि नै । यो एउटा यस्तो रोमाञ्चक तथा सकारात्मक अनुभव हो, जसले जुन कुनै उमेर समूहको मानसपटलमा प्रभाव पार्न सक्छ । प्रेमसम्बन्धी लेखले प्राय पाठकमा कौतुहलताको उग्र सिर्जना गर्ने तथा पाठकले कहानीका पात्रको ठा“उमा आपूmलाई सहज रुपमा प्रतिस्थापन गर्दै अनुभवसहितको पठन गर्न सकिने हु“दा पनि प्रेमको विधाको अलग स्थान छ । यसका साथै नेपाली साहित्यको वर्तमान स्थितिमा यो बिषयले दिन प्रतिदिन खास दर्जा हासिल गर्दै गएको छ । अझ उपन्यास बिधामा यसले लेखक–पाठक सम्बन्धमा नया“ आयाम थप्न अग्रणी भूमिका खेलिरहेको स्थिति छ । समग्रमा पाठकको रुची, समयको माग, बजारको स्थिति तथा यो मेरो आफ्नै पनि व्यक्तिगत रुचीको कारण प्रेमको लेखनलाई मीठो प्राथमिकता दिने गरेको छु ।’

विमला तुम्खेवा

विमला तुम्खेवाका कतिपय कविता प्रेमिल रंगमा रंगिएका छन् । २०५१ सालमा लेखन यात्रा शुरु गरेकी उनका चार वटा कविता सङ्ग्रह प्रकाशित छन् । उनीद्वारा लिखित ‘विमला तुम्खेवाका कविताहरु’ ‘नदी छाल र तरङ्गहरु’ ‘संस्मरण एउटा बुढो रुखको’ ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कृतिले उनलाई सशक्त कविको रुपमा चिनाएका छन् । उनको बुझाइमा ‘कवितामा प्रेमस“गै विचार आवश्यक छ । प्रेम प्रेमिल यात्राको निम्ति द्वारमार्ग हो । हरेक लेखकले पाठकको मनमा बस्नको लागि सर्वप्रथम प्रेमलाई अनुभूत गर्न सक्नुपर्छ । प्रेमले नै मलाई कवि बन्ने प्रेरणा दियो ।’ उनको पछिल्लो कविता सङ्ग्रह हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ मा पनि बढी प्रेमकै भावनामा कविता बहेका छन् । उनी आफूलाई प्रेम कवि भन्न रुचाउ“छिन् ।

यी सबै लेखकका लागि प्रेम प्रेरणाको स्रोत बनेको छ । प्रेम नगरेको भए लेखक बन्न नसक्ने ठम्याइ छ । सफल लेखक बन्नका लागि प्रेमले नै अग्रणी भूमिका खेल्दोरहेछ भन्ने यी लेखकको धारणा छ । त्यसैले भ्यालेन्टाइन डेमा आफ्नो प्रिय मान्छेलाई सम्झिएर उनीहरु केही न केही लेख्न रोमान्टिक मुड बनाइरहेका छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।