आफ्नैसङ्ग थर–ठेगान मागेपछि उत्पात हुन्छ
मान्छेबाट मानवता भागेपछि उत्पात हुन्छ
नरोपिदेऊ चिर्किटेमा आगोको बिउ जानीजानी
जम्न छोडी हिउँ जल्न लागेपछि उत्पात हुन्छ
बासन्तीयाम होली खेल्न छाडी कैलाश वारिपारि
कालो रंगका तोरणहरु टागेपछि उत्पात हुन्छ
नबजाऊ बिना मौसम पञ्चेबाजा यो धरामा
सुतिरा’को कुम्भकर्ण जागेपछि उत्पात हुन्छ




