आफैंले
आफैंलाई
कैद गरेको छु कोठामा
केही दिन देखि
म स्वंघोषित बन्दि भएको छु ।
चोक सुनसान छ
सुनसान छ यो सहर
देश सुनसान छ
बन्द छ
उजेली दिदीको चियापसल
भेट भएको छैन
हुकुम दाइ सँग
बिक्री भयो भएन थाहा छैन
सेती किनारबाट बोकेको बालुवा ।
यतिबेला
सरकारले भित्र बस भनेको छ
म बाहिर निस्किएको छैन
हो हुकुम दाइ
सरकारले भित्रै बस मात्रै भनेको हो
भोकै बस भनेको होइन ।




