ती दाजुभाइ अनि बन्धु वर्ग
भन्थे यो देश छ एक भूस्वर्ग
छ नै पनि सानू चिटिक्क राम्रो
बनाउँदैछ कि क्या हो नराम्रो
कहिले असाध्यै ठुलो वर्षा पर्ने
कहिले परे पानी धुलो नै नमर्ने
पहिरो खसेर पुरिदिन्छ बस्ती
अहिले कोरोनाले दिदैछ सास्ती
कि सास्ती पा हो अपराध बढेर
विद्वान भएन कि कोही पढेर
कि प्रकृतिले ज्ञान गुण सिकाको
कि दैबी शक्ति कसैले झिकाको
कि लोभ पाप बढेर चुलियो
कि मान्छे आफ्नै हितमै भुलियो
कि शक्ति रास्ट्रहरुको घमण्ड
कि देवताले रच्यो प्रपोगाण्डा
यो सूक्ष्म जीव कति शक्तिशाली
लाने पो हो कि यो विश्व पखाली
मै हु भनेकाहरु नि गलायो
अदृश्य शक्ति कसले चलायो
मान्छे मरे लाछ बन्यो हिमचुली
को लान्छ घाट सब लाछ बटुली
ठुलो शहर नै भो मसानघाट
निस्कन्न कोही पनि घरबाट
अझै पनि गर्दछस् कि घमण्ड
चेतिस् कि पाएर प्राकृत दण्ड
भस्म भयो बिश्व बम गोली बनाई
अब त मालुम भयो कि तलाई ?
लकडाउन हो, न लडखडाउ
बिना काममा यत्रतत्र नजाऊ
सम्पूर्ण विश्व भयभीत भाछ
डर लुकाउने तर ठाँउ काँ छ ?




