कविता: पीडकविरूद्ध लडाइँ त चल्छ कोरोना !

त्यसै त वादलमुनिको देश !
त्यसै डरलाग्दो छ अरूका सिण्डिकेट !
कुहिरो हुस्सु मुस्लाहरू मडारिएकै थिए
निरन्तर निरन्तर सिण्डीकेट !
कोरोना सिण्डिकेट कि नयाँ चेतना अङ्कुरण यो ?

स्वाधीन मूल्य इतिहास हराएको हो/छ
अस्मिता अोइलिदै पराधीनता हुर्कदो एउटा विश्वटुक्रा यो !
कीर्नाहरूबाट वर्षौं लुटिएकै,चुसिएकै थियो
विद्रुप हाडछाला र वस्ती बेरिएकै थिए
निरन्तर वाउसे,हली,खेताला पिल्सिएकै थिए
अभाव गरिबी,पराधीनता हुर्किएकै थिए
कोरोना थपियो अर्को, हाम्राे वादलमुनि फेरि ….!

कोरोना नयाँ अातङ्क !
पीडक भएर थपिएको छ
अातङ्कित पार्छ, पारिरहेछ र त लड्नु छ
पीडकविरूद्ध लड्नु हाम्रो बाध्यता हो
त्रासविरूद्ध लड्नु हाम्रो वाध्यता हो
मानौं,गरिवका गोठहरूका काला पुर्जी हो यो !
मानौं, बमबारुदभन्दा शक्तिशाली क्षेप्यास्त्र हो यो !
अदृश्य ह्वाइट हाउस हैकमजस्तै हुर्किरहेछ
मानौं, कीर्नादरवार खेतीझैं फुर्किरहेछ यो
बेरोजगार सातो डाँका यो अर्को अँध्यारो
नवीन अात्मनिर्भरता टुसा हुर्काइरहेछ यो !

तहसनहस पार्छ,तर्साउछ
सांस्कृतिक साम्राज्यभन्दा पनि खतरनाक छ
विस्तारवादी नियतभन्दा पनि खतरनाक
छ र त हिस्स छन्
वलात्कृत आमा,फूपू,बहिनी ,दिदी,भाइ पुस्ता
भाट,टाट र दासमालिकविरूद्धका पुर्खा,बाजे,बाबु,काकापुस्ता
पहिचान खोज्ने नयाँ पुस्ता हिस्स छ
न्याय,समानता,अात्मनिर्भरता हिस्स छ
बन,बगैंचा डढेमरेको हेर्नू कसरी ?
भर्याङ लिस्नोका आत्मदाह हेर्नु कसरी ?
लालीगुरास,लालुपाते सुन्दरता प्रिय मान्ने धर्ती छ
नाङ्गो जन्म नाङ्गो मृत्युबोध भएको धर्ती छ र हुर्काउछ नवचेत
कोरोना अर्को अाधुनिक चेतना हुर्काइरहेछ नयाँ अनौठा

रजौटे दासत्व प्रिय थिएन/छैन अामालाई
काँढा फार्न र धर्ती साझा पार्न
छातिभरि लिपू,सुस्ता र अरू छट्पटिएका बेला,
भोटो कछाड,गुन्युचोलाका वीरतामा सङ्कट थोपर्न
कोरोना मडारियो फेरि नौलो सङ्कट !

अस्वीकृत सङ्कल्प वेपत्ता पारिरहेझैं छ हुस्सु, कुहिरो,गोमन,विच्छी,मुसा हुर्काउन कोरोना मडारियो फेरि,
जित्नु पर्ने पनि जितिएकै थिएन
हार्नु पर्ने पनि हारिएकै थिएन
बस्ती सुनामी खोजिरहेका बेला
टाट्ने दाम्ला,रैती उन्मुक्ति खोजिरहेका बेला
गिद्धविरुद्ध उठ्न खोजिरहेका बेला
विभेदका नसाहरू मोटो पारिरहेछ परिवेश
आफ्नो छातिमा नेपाल नटाँसी
शत्रु र विभेदविरुद्ध हातेमालो नगरी
टाटने रैती हुनु छैन कोरोना !
बरू,दुरदर्शी आँखा बन्नेछ र स्वाधीन उपचार हुर्कन्छ अरु मौलिकता उमार्छ पक्कै नवीन र जुटाउँछ नेपाली ।

हो कोरोना !
गाँस,बाँस,कपासका नैसर्गिक अधिकार मान्छेले पाएका छैनन्
गरिवका चोक्टा पारेर खाने चलन अझैसम्म गएका छैनन्
दीनदुखी असक्षमहरू अझै बाँच्ने अधिकार पाएका छैनन्
अक्षम,भ्रष्टहरूलाई धनी हुनु परेको हेर कोरोना !
न्याय निसाफविरोधीलाई खाल्डामा पुर्नु परेको छ
थितिविनाका कुशासन ढाल्नुफाल्नु परेको छ
चन्द्रसूर्य रातोझण्डा झैं फर्फराउन बन्चित हाम्रो फुलवारी
नवचेतना क्रान्ति हुर्काउनु छ कोरोना अर्थात कोविद-१९
अक्षमतन्त्रविरोधी चेतना रोप्नू,हुर्काउनू
स्वाधीन समृद्धि र क्रान्तिसूचक हुनू कोरोना
सक्षम,अात्मनिर्भर हुनु छ हामी अाफै
क्रान्तिसूचक हुनुछ र स्वाधीन देश पार्नू कोरोना ।

हिमाल ,पहाड,तराई जुटेको हेर्ने रहर छ कोरोना !
हुर्काऊ स्वाधीन समृद्धि
हुर्काऊ अनौठो एकता,सद्भाव
पीडकविरूद्ध लड्नु हाम्रो वाध्यता हो
यो विश्व टुक्रा सुन्दर र साझा पारेर हामी रम्नु छ ।
(२०७६-१२-१२)