सर्तक, संयमित बनाै, हुदैन त्यसै डर्न
घरमै बस्ने हात धुने, हुन्न नजिक पर्न
काेराेना – काेराेना भन्ने डराउने हाेइन
अाउदैन त्यसै घरमै बसे,हामीलाई सर्न
कर्फ्यु लगाउ सरकार! अझै कडा गर
जनता सबै तत्पर छन् , सहयोग गर्न
सबैलाई अाफ्नाे ज्यानकाे अति माया छ
कसैलाई रहर छैन अनिकालमा मर्न
लाेभ नगराै, धैर्य गराै बिश्वासमा पराै
अत्य हुनेछ भाइरस,अाेठमा खुसी छर्न
२०७६/१२/१० गते ।




