समाचार

लक्की शेर्पा सिआइबीको छानबिनमा

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी हुन् । २ जेठमा पक्राउ परेकी सोलुखुम्बु गोरखानी गाउँपालिका–२ घर भएकी ३० वर्षीया फुल्हम शेर्पाले राजदूत शेर्पासँगै मिलेर आफूले अस्ट्रेलिया पठाउन व्यक्तिहरूसँग पैसा उठाएको बयान दिएकी थिइन्… पुरा पढौ

माघ २ बाट खाङसाङमा फिक्कल महोत्सव

सिन्धुलीको खाङ्साङमा आगामी माघ २ गतेदेखि पहिलो ‘फिक्कल महोत्सव’ हुने भएको छ ।  फिक्कल डाँडाको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको आज पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । ‘सडक, शिक्षा र बिजुली फिक्कलको पूर्वाधार, कृषि, वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।  जिल्लाकै अग्लो फिक्कल डाँडा पर्यटकीय क्षेत्र भनेर चिनाउने उद्देश्यले फिक्कल गाउँपालिकाको आयोजनामा महोत्सव गर्न लगिएको उपाध्यक्ष तथा महोत्सव… पुरा पढौ

सुन्दरीले दिल चोरिन्, क्षतिपूर्ति पाऊँ

भारतको नागपुरमा एक युवकले आफ्नो मन चोरेको भन्दै युवतीविरुद्ध चोरीको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेका छन् ।  एक युवतीले मेरो मन चोरेको बताउँदै नागपुरस्थित एक प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएका ती युवकलाई देखेर प्रहरीसमेत अचम्मित भएका थिए ।  हालै भएको यो घटनामा ती युवकले मन चोर्ने युवतीविरुद्ध मुद्दा दर्ता गराएर आफ्नो चोरिएको मन समेत फिर्ता गर्न चाहेका थिए ।  अन्य प्रकारका चोरीका मामिला भारतमा नौलो नभएपनि यस्तो चोरीको उजुरी… पुरा पढौ

हुम्लाको सिमीकोटमा १ फिट हिउँ

जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भएको छ । हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन् । माथिल्लो हुम्लामा चार फिटसम्म हिउँ जमेकोे छ । हिमपातपछि तापक्रम घट्दै गएको… पुरा पढौ

बेपत्ता बालिकाको शव गण्डक नहरमा

पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी बालिका गण्डक नहरमा मृत फेला परेकी छिन्् । सुस्ता गाउँपालिका २ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् । उनी पुस १५ गतेदेखि हराइरहेकी थिइन् । उनको शव गण्डक पश्चिमी नहरको सुरजपूरा विद्युत् उत्पादनगृह नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको… पुरा पढौ

पोखराका ट्याक्सी चालक लाई अभिमुखिकरण तालीम

नेपाल पर्यटन वोर्ड पोखरा र वडा प्रहरी कार्यालय वैदाम, कास्कीको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्यमा पोखरा क्षेत्रका पर्यटकीय स्थलहरुमा संचालन हुने ट्याक्सी चालकहरुलाई १ दिने “पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा सम्बन्धी” अनुशिक्षण/अभिमुखिकरण तालीम सम्पन्न भयो । उक्त तालीमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नु हुदै पर्यटन विकासमा सवैको उत्तिकै भुमिका रहने हुँदा ट्याक्सी चालकहरुले समेत सरकारको… पुरा पढौ

सरकारले दिएको कोट राउटेले १ हजार रुपैयाँमा बेचे

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले लेकबेसी नगरपालिका–१ थोत्रीखोलाको राउटे बस्तीमा गत शनिवार कोट वितरण गर्यो । सरकारले चिसो महिनामा कोट वितरण गरेपछि सामाजिक सञ्जालमा राउटेले कोट लगाएको तस्विर भाइरल समेत भयो । कतिपयले राउटेको मौलिक पहिरन मासिने गरी कोट वितरण गरिएकोमा आलोचना समेत गरे । मन्त्रालयबाट कोट लगायतका न्यानो कपडा वितरण गर्न ८ लाख रुपैयाँ खर्च भयो । राउटेले कोट लगाएको फोटो खिँचेर मन्त्रालयका कर्मचारी सदरमुकामतिर फर्केपछि राउटेले कोट बिक्री… पुरा पढौ

लागुऔषध ओसारपसार रोक्न गृह मन्त्रालयलाई निर्देशन

 सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।  सिंहदरबारस्थित समितिको सभा कक्षमा बुधबार बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।  समितिकी सभापति शशी श्रेष्ठले सशस्त्र प्रहरी… पुरा पढौ

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमत पारित गर्‍यो

बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले बहुमतले पारित गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले विवादित विषयमा छलफल गरेर सुझाव दिन गठित उपसमितिले तयार पारेको प्रतिवेदन समितिको बैठकले हुबहु बहुमतले पारित गरेको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमति विपरितका बुदाहरु पनि समावेश गरिएको भन्दै सो विधेयकमा फरक मत राखेका थिए । २३ जना समितिका सदस्यमध्ये… पुरा पढौ

विष्फोटन पदार्थ उत्पादन, नेपाल आत्मनिर्भर

अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा आत्मनिर्भर हुने ढोका खुला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं