भगवती र युवाज्योतिका विद्यार्थीलाई न्यानो

- सबै तलवभत्ता जनताको सेवामा : राजीव पहारी

सामाजिक जागरणका लागि नारी अभियान नेपालकाे लक्षित वर्गका विद्यार्थीलाइ न्यानाे कपडा वितरण कार्यक्रम निर्तर सञ्चालन भैरहेको छ । पाचौं चरणकाे कार्यक्रम अनुरुप साेमवार पाेखरा २२ पुम्दीभुम्दीका २ विद्यालयमा कपडा वितरण तथा सचेतना जागरण सम्पन्न भएको छ।

अन्य कार्यक्रममा अतिथि मञ्चमा बस्ने विद्यार्थी भुइमा बस्ने हुन्छ भने दुइवटै कार्यक्रममा सांसद सहितका अतिथि उभिएएर सञ्चालन गरेका थिए । विद्यार्थी भने कुर्सी तथा कार्पेटमा बसेर न्यानाे कपडा लगाए ।

गण्डकी प्रदेशका सांसद राजिव पहारीले कार्यक्रमकाे उद्घाटन गर्दै अाफ्नाे सम्पूर्ण तलबभत्ता जनताको सेवामा खर्चिने घाेषणा गरेका छन् । पहारीले लक्षितवर्गका विद्यार्थीलाइ न्यानो कपडा अभियानमा अाफुले समेत सहकार्य गर्न पाएकाेमा खुसी व्यक्त गर्दै अागामी दिनमा समेत सहबार्य गर्ने प्रतिवद्दता जनाए ।

वडा नं २२ का अध्यक्ष मित्रलाल बरालकाे संयाेजकत्वमा भगवती अाधारभुत विद्यालय र युवा ज्याेती प्रा. विका लक्षित वर्गका ६० जना विद्यार्थी छनाैट गरिएको थियाे । सामाजिक जागरणका लागि नारी अभियान नेपाल र सांसद पहारीले अाफ्नाे वडामा अाइ विद्यार्थीलाइ सुइटर, टाेपी र माेझा वितरण गरेकाेमा अध्यक्ष वरालले धन्यवाद ज्ञापन गर्दै वडा कार्यलय महानगरपालिका भएर पनि पछाडि परेकाे र विकासका कार्य भैरहेको जानकारी गराए ।

न्यानो कपडा वितरण अभियानका अभियन्ता सुष्मा पाैडेलले हालसम्म पाचौं चरणकाे कार्यक्रम सम्पन्न गरिएको वताउदै । काेही विद्यार्थी गरिव भएका कारण विद्यालयवाट बञ्चित हुन नपराेस भनेर न्यानाे कपडा अभियान थालिएको र अाजसम्म सहयोग गर्ने सवैलाइ धन्यवाद ज्ञापन गरिन् । सामाजिक जागरणका संयाेजक पत्रकार तथा अधिवक्ता समेत रहेकी पाैडेलले विगतका वर्षदेखि नै न्यानाे कपडा अभियान लगायत थुप्रै अभियान सञ्चालन गरिसकेकी छन् ।

कार्यक्रममा उपस्थित जनप्रतिनिधि ,अभियन्ता, समाजसेवी तथा पत्रकारहरुले समेत विद्यार्थीलाइ न्यानाे कपडा हस्तान्तरण गरेका थिए ।