लप्सी टिप्न जाँदा लडेर मृत्यु

अन्नपूर्ण गाउँपालिका ५ गिरीचोकमा १ जनाको लप्सीको बोटबाट लडेर ज्यान गएको छ । ४४ वर्षीय देवेन्द्र गिरी सोमबार लप्सीको बोटबाट अचानक लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।