समाचार

हिमाली जिल्ला मुस्ताङमा ट्राफिक राजश्व बढ््यो

हिमाली जिल्ला मुस्ताङमा ट्राफिक राजजश्वमा अपेक्षाकृत बृद्धि भएको पाईएको छ ।अस्थायी जिल्ला ट्राफिक कार्यालय जोमसोमले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ५ महिना अविधिमा १२ सय ९५ सवारी साधनलाई कारवाही गर्दा ८ लाख ४० हजार राजश्व संकलन भएको हो ।गत आर्थिक वर्षको सुरुवाती ५ महिनामा ६ लाख ७७ हजार राजश्व संकलन भएको हो । अस्थायी जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक बिष्णुपल्ली मगरका अनुसार चालवर्षको श्रावणमा ६५ सवारी कारवाही गर्दा… पुरा पढौ

ज्यान हत्केलामा राखेर मह काढ्दै गाउँपालिका अध्यक्ष

बागलुङको पश्चिम बडिगाड गाउँपालिकाका भित्रका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि भीर मौरीको मह शिकारलाई उपयोग गर्न लागिएको छ ।बडीगाड गाउँपालिका भित्रका हनी हन्टिङ क्षेत्र पहिचान गर्न र देश विदेशमा प्रचार गरी पर्यटन प्रवद्र्धन गर्नको लागि मह सिकार गर्न सुरु गरिएको हो । गाउँपालिकाका अधिकांश ठाउँमा भीर मौरी पाइने भएकाले यसलाई गाउँपालिकाको पहिचानका रुपमा अगाडि बढाउन सकिने सम्भावना देखिएकाले यो सुरु गरिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले बताए ।केही दिन यतादेखि आफू पनि… पुरा पढौ

जेभियरलाई बास्केटबल उपाधि

 प्रथम युनाइटेड कप बास्केटबल प्रतियोगिताको उपाधि काठँमाडौंको जेभियर इन्टरनेसनलले चुमेको छ । जेभियरका खेलाडी निकेश मगरको २६ प्वाइन्ट स्कोरसँगै युनाइटेड कपको उपाधी हासिल गर्न सफल भए । प्रतियोगितामा जेभियरले खिलाङलाई ५०–४३ स्कोरले पराजित गरेको थियो । उपाधिसँगै जेभियरले नगद १ लाख सहित, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भएको छ । प्रतियोगिताको उपविजेता खिलाङले नगद ४० हजार, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा जेभियरका… पुरा पढौ

विपी विचार राष्ट्रिय समाजको कार्य समिति विस्तार

विपी कोइरालाको विचारलाई जनताको तहसम्म पुर्‍याउन विपी विचार राष्ट्रिय समाज कास्कीले पुस ७ गते अन्तक्र्रिया गर्ने भएको छ । आइतबार शाखा विस्तार गर्दै जिल्ला संयोजक तीर्थ जंगलीले विपीको विचार नेपाल रहँदासम्म प्रभावकारी र उपयोगी रहिरहने बताए । जंगलीले विधानको परिच्छेद ५ अनुसार कास्की शाखा विस्तार गरेका हुन् । विस्तारित समाजको सहसंयोजकमा पद्यमशरण रेग्मी, सचिवमा फणिन्द्रराज कोइराला, सहसचिवमा कृष्णप्रसाद नेपाल, प्रवक्तामा कमल पौडेल र कोषाध्यक्षमा हिरादेवी शर्मा छन् ।सदस्यमा खेम गुरुङ,… पुरा पढौ

३ लाख वेभसाइट बन्द गर्छौं : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण… पुरा पढौ

वैध र विप्लवसँग महाधिवेसनपछि एकता : किराँती

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग चाडै एकता हुने बताएका छन् । उनले भने, ‘विप्लब र वैद्य माओवादीसँग आठौँ महाधिवेशनपछि पार्टी एकता हुन्छ ।’ मङ्सिर २८ र २९ गते राजधानीमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सो पार्टीले आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गर्ने जानकारी… पुरा पढौ

बेनी–जोमसोम–कोरला सडकमा ३१ पुल आवश्यक

उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकमा कुल ३१ वटा पक्की पुलको आवश्यकता पर्ने करिडोल सडकले जनाईएको छ । आयोजना प्रमुख नरेन्द्र सुबेदीले बेनी देखि जोमसोम सम्मको सडकमा ९ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ४ वटा पक्की पुलहरु निर्माणधिन अवस्था र केहीको ठेक्का प्रक्रियामा रहेको खुलाए ।  व्यवस्थापनको चरणमा रहेका पुलहरुमा बेनी देखि जोमसोम सम्मको सडकमा ८ वटा र जोमसोम देखि कोरला सम्मको सडकमा ६ वटा पक्की… पुरा पढौ

दुई महिने छोरीको विष खुवाएर हत्या

प्रकाश पादेभ (२८) र जयश्री पादेभ (२१) का प्रान्जल नामकी दुई वर्षे छोरी पहिले नै थिइन् र दुई महिनाअघि जयश्रीले कान्छी छोरीलाई जन्म दिइन् । कान्छो सन्तान पनि छोरी नै जन्मिएपछि यो जोडी तनावमा थियो त्यसकारण महाराष्ट्रको कोहलपुर जिल्लाका यो जोडीले दुई महिने छोरीको विष खुवाएर हत्या गरे । कारण ? उनीहरुलाई कान्छी छोरी चाहिएको थिएन । गत अक्टोबर चार तारिखमा छोरी अत्यधिक रोएपछि जोडीले बालिकालाई अस्पताल पनि पुर्याए तर… पुरा पढौ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समय अघि नै बन्दै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेको छ। धावनमार्गमा कालोपत्रे सहितका अन्य संरचनाको निर्माणलाई तीव्र पारिएको हो। हालसम्म विमानस्थलको ५८ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। विमानस्थलको महत्वपूर्ण पक्ष धावनमार्गको पहिलो तहमा कालोपत्रे भइरहेको छ। चार तहपछि धावनमार्ग तयार हुन्छ। एउटा तह सम्पन्न गर्नका लागि १५ देखि १८ दिन लाग्छ। अन्य तहभन्दा पहिलो तहको काम गाह्रो हुन्छ। आयोजनाका अनुसार धावनमार्गको पहिलो तहको ५० प्रतिशत (१५ सय मिटर)… पुरा पढौ

चाउमिन खाँदा मृत्यु भयो दुई बालकको

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं