
मनाङको तपक्रम –१४ डिग्री सेल्सियसमा झरेको छ । चिसोले झरना, खोलाको पानी जमेको छ भने खानपानी जोहो गर्न पनि मुस्किल छ ।
राति माइनस १४ डिग्रीसम्म तापक्रम पुगेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । चिसोका कारण जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ ।
अधिकांश कर्मचारी बिदा मिलाएर हिडेका छन् भने स्थानीय पनि बेसीतिर झरेका छन् ।