समाचार

पतिले बलात्कार गरेको भन्दै उजुरी

बलात्कारका घटना बढिरहेका बेला यहाँ यहाँ वैवाहिक बलात्कारको मुद्दा दर्ता भएको छ । कञ्चनपुरकी एक महिलाले आफ्नै पतिविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी हुन् । भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु जोशीले पति डम्बर जोशीविरुद्व मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । ‘पतिले आफ्नो इच्छाविपरित यौनसम्पर्क राखेको भन्दै महिलाले मुद्दा दिएकी छन्,’ कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘सोमबार नै जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिएको छ ।’ उनीहरुको बिहे… पुरा पढौ

उर्लाबारीमा पोखरा विश्वविद्यालयको आंगीक कलेज

पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाका लागि स्विकृति प्रदान गरेको छ । प्रतिष्ठानलाई विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका कार्र्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । प्रतिष्ठानले यसअघि पनि विभिन्न प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको छ । प्रतिष्ठान र विश्वविद्यालयबीच सोमबार भएको सम्झौतामा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशी र प्रतिष्ठानको तर्फबाट… पुरा पढौ

शंकास्पद व्यक्तिको डिएनए परीक्षण तयारी

निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा खटिएको प्रहरीले थप व्यक्तिको डिएनए परीक्षण गर्ने भएको छ। घटनाको ९६ दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्दा प्रहरीमाथि थप दबाब बढेको छ। निश्चित संख्यामा नभए पनि बढी शंकास्पद व्यक्तिको डिएनए परीक्षण गरिने कञ्चनपुरका एसपी कुबेर कडायतले बताए। 'कम शंका लागेकाहरुको परीक्षण गर्ने कुरा भएन,' उनले भने, 'केही व्यक्ति हाम्रो नियन्त्रणमा छन्। तीमध्ये बढी शंका लागेका माथि डिएनए टेस्ट गरिन्छ।' यसअघि हत्यामा संलग्न भनी… पुरा पढौ

बास्तोलाको सम्झानामा श्रद्धान्जली सभा

नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको १३ औ दिनको पुण्य तिथिमा काँग्रेस बागलुङले श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । नेता बास्तोला काँग्रेस भित्रका एक निष्ठावान र कर्तव्यनिष्ठ नेताको रुपमा परिचित थिए । कार्यक्रममा नेता बास्तोलाको जिवनीको प्रष्ट पार्दै काँग्रेस बागलुङका नेता तथा पुर्व उपसभापति जगदिशचन्द्र उपाध्यायले उनको निधनले काँग्रेसमा ठुलो क्षती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं