
पोखरा १८ सिमतालमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
अभिभावक भेलाले रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको सदस्य सचिव शिक्षक नारायण तिमिल्सिना, सदस्यहरुमा विष्णु थापा, काजल महर्जन, पार्वती विक, रमेश परियार र चन्द्रा परियार छन् ।
भेलमा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, विद्यार्थी नेता लक्ष्मण तिमिल्सिना, कांग्रेस पोखरा १८ का सभापति शिव तिमिल्सिना, नेकपा संयन्त्र सदस्य पुस्कल थापा, जनजागृति माविका प्रधानाध्यापक विष्णु तिमिल्सिना र शिशु स्याहार केन्द्रका प्रधानाध्यापक गोमा थापाले बोलेका थिए ।
केही वर्ष बन्द भएको विद्यालय गत वर्षदेखि सञ्चालनमा आएको छ । २ कक्षा सञ्चालन भइरहेको यो विद्यालयमा अहिले २५ जना विद्यार्थी छन् ।