समृद्धि टोलमा नयाँ नेतृत्व

- समृद्धि टोलमा माधव पनेरु, महिला समूहमा अनिशा तामाङ अध्यक्ष

पोखरा १७ सीतापाइलामा रहेको समृद्ध टोल विकास संस्था र समृद्ध महिला समूहमा नयाँ नेतृत्व छानिएका छन् । शनिबार भएको टोलको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

टोल विकास संस्थाको अध्यक्षमा माधव पनेरु, उपाध्यक्ष फडिन्द्र अकिञ्चन, सचिव जीवन सुवेदी, कोषाध्यक्ष सुमित्रा दुरा र सहसचिव विमला नेपाली छन् । ९ सदस्यीय कार्यसमितिका सदस्यमा भबिता कुमाल, राजु थकाली, दुर्गाबहादुर परियार र कमला बराल छन् ।

यस्तै समृद्धि महिला समूहमा अनिशा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश मिना अर्याल पौडेल, अनिषा बराल, सावित्रा पहाडी र वसन्ती खत्री छन् ।

समृद्धि महिला समूहको नवनिर्वाचित समिति

सदस्यमा सुमित्रा रानामगर, रुपा श्रीशमगर, गंगा नेपाली र जगतमाया कुमाल चुनिएका छन् ।

यसअघि भएको साधारणसभाले दुवै संस्थाका प्रगति र आर्थिक प्रतिवेदन पारित गरेको थियो । साधारणसभामा पोखरा १७ का वडा सदस्य राधिका शाही योगीले टोलको विकासका लागि स्थानीय नै जागरुक हुनुपर्नेमा जोड दिइन् । उनले यस क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्न वडा कार्यालय लागिपरेको बताइन् ।

साधारणसभा तथा अधिवेशन उद्घाटन गर्दै पोखरा १७ की वडा सदस्य राधिका शाही योगी

फिस्टेल ड्रिम पार्कका सञ्चालक भरत गौतमले व्यक्ति एक्लैले समृद्धि हासि गर्न नसक्ने बताए । उनले भने, ‘समुदायलाई अगाडि नबढाई व्यक्तिको उन्नति हुँदैन । एक्लै अघि बढ्नुको खास अर्थ छैन ।’

टोल विकास संस्थाका सल्लाहकार भोजबहादुर भुजेलले नयाँ बस्ती बसाउँदा आवश्यक पूर्वाधार बनाउन सबैको एकीकृत प्रयास आवश्यक हुने बताए ।

कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष माधव पनेरु, सचिव फडिन्द्र अकिञ्चन, पत्रकार जीवन सुवेदी, महिला समूहका अध्यक्ष आशा पनेरु, सचिव अनिषा बराल लगायतले बोलेका थिए ।