बालगृहहरूको महासंघ गण्डकीमा धनबहादुर

बालगृहहरूको महासंघ गण्डकी प्रदेशको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले धनबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ ।

महासंघको प्रथम उपाध्यक्षमा डा. राजेन्द्र गौतम, द्वितीय उपाध्यक्ष भगतकुमार श्रेष्ठ, महासचिव बुद्धिबल रम्तेल, सचिव विनोदकुमार नेपाली र कोषाध्य क्षशारदा बस्नेत चयन भए ।

सदस्यमा शेरबहादुर लामा, अशोक लम्साल, कृष्णकुमारी पन्थी (रानाभाट), सुनिता भुजेल, लालबहादुर बलम्पाकी मगर, हुमा गुरुङ र कल्पना श्रेठ छन् ।

कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुनले सरकार बलियो नभएसम्म बालगृहको महत्व रहिरहने बताइन् ।