राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल, कास्की (एनप्याब्सान कास्की)को आयोजनामा एनप्याब्सान खेलकुद महोत्सव हुने भएको छ । महोत्वसवको १२ औं संस्करण मंसिर १८ देखि २१ गतेसम्म पोखरा रंगशालामा हुने भएको हो ।
‘एनप्याब्सान कास्कीको संकल्प, खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने नारा लिएको उक्त प्रतियोगितामा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्स प्रतियोगिता जुनियर र सिनियर तहमा सञ्चालित हुने छन् । महोत्सवलाई सफल बनाउनका लागि एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
समितिको सदस्यमा शिवदत्त तिवारी, केशवशरण पौडेल, मनकाजी गुरुङ, रत्नाकुमारी गुरुङ, प्रेमराज अधिकारी, राजु केसी, गणेश भण्डारी, शिवराज पौडेल, विष्णुप्रसाद पौडेल, सञ्जय पौडेल, अर्जुनप्रसाद अधिकारी र राजु कायस्थ छन् ।
समितिको सल्लाहकारमा याम खड्का, ज्ञानेन्द्रमोहन भट्टराई र रामप्रसाद शर्मा छन् । महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
प्रचारप्रसार उपसमिति संयोजकमा प्रेमराज अधिकारी, मार्च पास उपसमिति संयोजक कमलबहादुर मल्ल, एथेलेटिक्स उपसमिति संयोजक केशवशरण पौडेल, फुटबल उपसमिति छात्रतर्फ संयोजकमा हिमाल गुरुङ, फुटबल उपसमिति छात्रा तर्फको संयोजक राजु केसी, टेबुलटेनिस उपसमिति संयोजकमा शिवराज पौडेल, वास्केटबल उपसमिति संयोजकमा राजु कायस्थ, भलिबल उपसमिति संयोजकमा प्रकाशराज वाग्ले र ह्यान्डबल उपसमिति संयोजकमा अर्जुप्रसाद अधिकारी छन् ।
स्वास्थ्य उपचार तथा खानेपानी व्यवस्थापन उपसमिति संयोजकमा हेमन्त अधिकारी, मञ्च सजावट तथा खाना व्यवस्थापन उपसमिति संयोजकमा शारदा केसी, न्यायिक छानबिन तथा निर्णायक उपसमितिको संयोजकमा रामबहादुर मोची, पुरस्कार व्यवस्थापन उपसमिति संयोजकमा भीम न्यौपाने, शान्ति सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा युवक लामिछाने, सचिवालय व्यवस्थापन उपसमितिको संयोजकमा मनकाजी गुरुङ छन् ।
महोत्सवमा नेसनल प्याब्सान, कास्कीमा आवद्घ ४ दर्जन विद्यालयको सहभागी रहनेछ । कार्यक्रम सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको कोषाध्यक्ष रत्ना गुरुङले जानकारी दिइन् ।
खेलाडीको नामावाली, फोटो, कक्षा, रोल नं स्पष्टसँग सम्बन्धित विद्यालयका प्रिन्सिपलले प्रमाणित गरी मंसिर १४ गतेभित्र पठाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष मोची रामबहादुर मोचीले बताए ।