नेपाल पुस्तक तथा स्टेसनरी महासंघ लेखनाथमा रामप्रसाद

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ लेखनाथ उपशाखाको पाँचौ साधारणसभा तथा अधिवेशनले रामप्रसाद अधिकारीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संस्थाको प्रथम उपाध्यक्ष बालकृष्ण सुवेदी, द्धितीय उपाध्यक्ष गणेश खड्का, सचिव चन्द्रकान्त अधिकारी, कोषाध्यक्ष मदन छेत्री र सदस्यमा सुजता सापकोटा, विष्णु पौडेल र भूमिराज पौडेल छन् ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य पुरुषोत्तमराज भण्डारीले लेखनाथमा रहेका पुस्तक तथा स्टेसनरी व्यवसायी एकजुट भएर पेशागत हितमा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कास्की जिल्ला अध्यक्ष शिवराज बास्तोला, संस्थापक अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना शर्मा, लेखनाथ शाखा अध्यक्ष कृष्णमोहन पौडेल छेत्री र सचिव कुशल पौडेलले बोलेका थिए ।

सो अवसरमा लेखनाथमा लामो समयदेखि यो व्यवसायमा क्रियाशील मुकुन्द घिमिरेलाई सम्मान गरिएको थियो ।