समाचार

भेट्टाएको नागरिकताबाट ६८ करोड राजस्व छली

बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजय नारायण श्रेष्ठलगायत चार जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।  बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनीहरुले सो कम्पनी मार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए ।  तर, एक रुपैयाँ पनि कर तिरेको थिएनन् ।… पुरा पढौ

स्वकीय सचिवको तलब आफैँ लिने गरेको खुलासा:सभामुख महरा

संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलब भत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्था विपरीत कर्मचारीको तलब भत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सना छन् ।  संसद् सचिवालयले कर्मचारीको तलब भत्ता बापत महरा र तिमल्सिनाले खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गरेको छ । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यको… पुरा पढौ

दिइन निर्मलाकी आमाले आठ प्रहरी विरुद्ध उजुरी

निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरी विरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् ।  प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठ जना विरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।  तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी, सिआइबीका प्रहरी उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी हरि सिंह धामी, रामबहादुर धामी र प्रहरी जवान… पुरा पढौ

अस्पतालमा पत्रकारलाई २० प्रतिशत छुट

 दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ । उनले भने, “राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा… पुरा पढौ

दृष्टिविहीनलाई सजिलो हुने शिक्षा माग

नेत्रहीन युवाले समग्र दृष्टिविहीनको शिक्षामा  पहुँच पुर्‍याउन दृष्टिविहीन शिक्षा प्रणाली विकास गर्न माग गरेका छन् । उनीहरुले अपांगता शिक्षा प्रवद्र्धन समन्वय इकाइको व्यवस्था गर्न समेत माग गरेका छन् । नेत्रहीन युवा संघ नेपालले मंगलबार आयोजना गरेको दृष्टिविहीन मैत्री शिक्षा प्रणाली विकासका लागि स्थानीय तहले सम्बोधन गर्नुपर्ने सवाल विषयक छलफलमा संघका अध्यक्ष कलाधर भण्डारीले अपांगको विविधता र अवस्थाका आधारमा पाठ्यक्रम, प्रश्नपत्र र परीक्षाकेन्द्रको व्यवस्थापन गर्नुपर्ने बताए । ‘अपांगको अवस्था र सक्षमताको… पुरा पढौ

गण्डकीले १४ % लाभांश दिने

गण्डकीले १४ % लाभांश दिने गण्डकी विकास बैंकको सञ्चालक समितिबाट निर्णय भई नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पेश भएको २०७४÷०७५ सम्मको सञ्चित नाफाबाट चुक्ता पुँजीको १४.२ प्रतिशत प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । यो नगद लाभांश बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । बैंकले स्थापनाकालदेखि नै शेयरधनीलाई उच्च प्रतिफल प्रदान दिँदै आएको छ । बैंकले ७वटै प्रदेश, हिमाल पहाड तराई, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म… पुरा पढौ

कांग्रेसमा ९ जना पदाधिकारी, कोषाध्यक्ष र प्रवक्तामात्रै मनोनित

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पदाधिकारीको संख्या विवाद टुंगिएको छ । मंगलबार अबेर कांग्रेस ९ जना पदाधिकारी राख्ने सहमति भएको हो । सहमति अनुसार अब कांग्रेसमा कोषाध्यक्ष र प्रवक्ता बाहेक सबै निर्वाचित हुनेछन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना राख्न सहमत भएका हुन् । अब सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै महाधिवेशनले नै निर्वाचित गर्नेछ । वरिष्ठ नेता पौडेलले सबै उपसभापति,… पुरा पढौ

अमरसिंहचौरमा पुस २७ देखि महोत्सव

पोखरा महोत्सवको नवौं संस्करण पुस २७ गतेदेखि हुने भएको छ । पोखरा अमरसिंह माविको खेल मैदानमा हुने उक्त महोत्सव माघ ८ सम्म चल्ने क्लबले जनाएको छ । महोत्सवकै अवसरमा आयोजक युनाइटेड क्लबले लेखनाथमा बनाइरहेको चिडियाखानासमेत प्रत्यक्ष अवलोकन गर्ने सुविधा दिएको महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शान्तबहादुर थापाले जानकारी दिए । उनले भने, ‘महोत्सव स्थलबाट सशुल्क गाडीको व्यवस्था गरिएको छ । चिडियाखाना हेर्न इच्छुक दर्शकलाई अवलोकन गराउन लैजाने छौं ।’ चिडियाखाना बनाउन… पुरा पढौ

मुस्ताङमा नयाँ कार्यालय थपियो ,तर सेवा प्रवाह सुन्य

गण्डकी प्रदेश सरकारद्धारा मुस्ताङमा संञ्चालित केही कार्यालय पेन्डुलम अवस्थामा छन्् ।कर्मचारी समायोजन तथा जिम्मेवारी नतोकिदिदा कार्यालय अर्थहिन बनेका हुन्् ।यहाका ४ वटा कार्यालयहरुको अवस्था यस्तै भईरहेको हो ।प्रदेशले सुरु गरेका नया कार्यालयहरुमा कार्यालय सहयोगी मात्र छन्् । तर, कार्यालयमा भने साईन बोर्ड झुन्डिएको अवस्थामा छ । गण्डकी प्रदेश सरकारले केही महिनाअघि मात्र मुस्ताङमा यि कार्यालयहरु खडा गरिएको थियो ।साविकको जिल्ला कृषि बिकास कार्यालयमा कृषि ज्ञाान केन्द्र ईकाई कार्यालय,जिल्ला भूसंरक्षण कार्यालय… पुरा पढौ

पोखरा ग्राण्डका म्यानेजरले जिते‘बेष्ट जनरल म्यानेजर अवार्ड’

 होटल पोखरा ग्राण्डका जनरल म्यानेजर रोशन कुमार खवासले अवार्ड जितेका छन् । सिएमओ एसियाद्वारा प्रदान गरिने नेपालको हस्पिटालिटी विधाको ‘वेष्ट जनरल म्यानेजर अवार्ड’ उनले प्राप्त गरेका हुन् । सिएमओ एसियाले विभिन्न विधामा अवार्डहरु प्रदान गर्दैै आइरहेको छ । जनरल म्यानेजरतर्फ वेष्ट अवार्ड जित्न सफल हुँदा खुसी लागेको प्रतिक्रिया दिदै खवासले आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्ने बताए ।  अवार्डले थप हौसला मिलेको उनको भनाइ छ । पोखरा ग्राण्ड पोखराको एकमात्र… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं