रक्सीको नसामा प्रचण्डले पुस्तक पढ्न छाडे : नेता विश्वकर्मा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले ओली सरकार अब ६ महिना पनि नटिक्ने दावी गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठनले आज  बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा बोल्दै ओली सरकारलाई गिराउनको लागि पार्टी भित्रैबाट चलखेल शुरु भएको बताए ।

उनले भनेर्,  अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्री ओलीलाई ५–६ महिना पनि टिक्न ग्राहै छ, त्यसै प्रचण्ड २ पटक भारत पुगेका छन् ।’