चार किसिमका सिमेन्ट खरिद बिक्रीमा रोक

नेपाल गुणस्तर तथा नापतौल विभागले होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट खरिद–बिक्रीमा रोक लगाएको छ ।

गुणस्तरहीन सिमेन्ट बिक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको भन्दै बिक्री वितरणमा रोक लगाइएको हो । विभागले होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट बजारबाट फिर्ता गर्न सञ्चालकलाई पत्राचार समेत गरिसकेको छ ।

उपभोक्ताहरुले सिमेन्टबाट आफूहरु ठगिएको उजुरी गरेपछि कारबाही थालिएको र अध्ययनका क्रममा सिमेन्टमा जोखिमयुक्त म्याग्नेसियमको मात्रा अत्यधिक बढी भेटिएको विभागले जनाएको छ ।