सरकारी मोटरसाइकलकाे एउटै नम्बर प्लेट

 झापाको बाह्रदशी गाउँपालिकाको मोटरसाइकलको एउटै नम्बर प्लेट भएको फेला परेको छ ।  गाउँपालिकाको प्रयोगका लागि खरिद गरिएको सेतो नम्बर प्लेट भएको मोटरसाइकलमा एउटै नम्बर प्लेट भएको फेला परकेो हो । 

कार्यालयमा रहेको अर्को मोटरसाइकलको नम्बर मे १ ब ७४९ नम्बर थियो । भने नँया  मोटरसाईलको नम्बर समेत सोही लेखिएको फेला परेको छ । दुवै मोटरसाईल एकै खालका छन् ।

विशेष सूचना प्राप्त भए पश्चात् स्थलगत रूपमा सो कार्यालयमा आइतबार बिहान १२ बजे पुग्दा कार्यालयका अध्यक्ष कार्यालयमा भेटिएनन् ।

सो कार्यालयमा रहेका केही कोठाहरू कर्मचारी विहीन अवस्थामा थियो । त्यसै कार्यालयकी उपाध्यक्ष रत्न राजवंशी कार्यालय भित्र केही समय अघि मात्र प्रवेश गरेकी थिइन् ।  उनको प्रवेशद्धारको बोर्डमा बाहिर लेखिएको थियो ।

कार्यालयमा अन्य केहीँ कर्मचारी किन भेटिएनन् भन्ने हाम्रो प्रश्नमा उनले फिल्डमा गएको सजिलो जवाफ दिइन् ।  थप यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद नेपालसँग बुझ्दा उनको जवाफ समेत उस्तै आयो ।

त्यस पश्चात् सवारी साधनको प्रयोग र एउटै नम्बरको दुई वटा किन प्रयोगमा ल्याउनु भयो भन्दा अधिकृत नेपालमा यस विषयमा हामीले हिजो थाहा पाएको बताए ।

थाहा पाए पश्चात् यातायात कार्यालयबाट प्राप्त नम्बर लेख्न आदेश दिएको बताए ।  कार्यालयको कमजोरी भएको उनले बताए । अफिसकै लागि खरिद गरिएको हो । लेख्ने कुरामा कमजोरी भएको बताए ।

उता केही समय पश्चात् कार्यालयमा आएका गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले यो सामन्य कमजोरी भएको जवाफ दिए । मान्छेबाटै कमजोरी हुन्छ हैन र भने ।उनले लेख्ने मान्छेले गतल लेखिदियो उनको सजिलो जवाफ थियो ।

२०६५ साल असोज २९ गते दर्ता भएको सो सवारीको सही नम्बर मे १ ब ७५६ हो । तर कार्यालयकाका कर्मचारीको गल्तीका कारण सो मोटरसाइकलमा मे १ ब ४४९ लेखेर कर्मचारी चढ्दै आएकै हुन् ।


कार्यालयमामा पुग्दा नपुग्दा नम्बर प्लेट चेन्ज गर्न भनेर कर्मचारी गएको जवाफ थियो ।

हामीले दुबै मोटरसाइकल ल्याउन भनेपछि कर्मचारी आए । तर त्यति बेलासम्म नम्बर परिवर्तन गरिएको थिएन । यसरी गाउँपालिका भित्रै सवारी साधन प्रयोगमा चरम लापरबाहीका कारण जनप्रतिनिधि र कार्यालयका कर्मचारी प्रति जनताले कस्तो विश्वास गर्ने ।