समाचार

कृषि नमूना फार्मका लागि ५ गुणा बढी आवेदन

माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका गोपाल पोखरेलले ३ वर्षदेखि पशुपालन गर्दै आएका छन् । भारद्वाज कृषि फार्म दर्ता गरेर सुरुमा १० वटा भैंसीबाट पशुपालन थालेका उनले व्यवसाय विस्तार गर्ने सोचमा छन् । कृषि मन्त्रालयले नमूना फार्म स्थापना गर्न अनुदान उपलब्ध गराउन व्यावसायिक प्रस्ताव माग गरेपछि पोखरेल पोखरा १२ माटेपानी स्थित भेटेनरी अस्पतालमा आफ्नो व्यावसायिक सोचअनुसार व्यवसाय उन्मुख फार्म स्थापनाको लागि निवदेन दर्ता गराए । पोखरेलले भने, ‘व्यवसाय विस्तार गरेर जीविकोपार्जनका साथमा… पुरा पढौ

शीतलादेवी मन्दिरमा नयाँ समिति

शीतलादेवी मन्दिर सेवा समितिको तेस्रो अधिवेशनले भुवन आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वीरबहादुर थापा, सचिव विष्णुकुमार श्रेष्ठ, कोषाध्यक्ष शिवबहादुर कार्की र सहसचिव प्रदीप घिमिरे चयन भएका छन् । सदस्यमा हरिकुमार राजभण्डारी,सीता शर्मा,कल्पना कार्की,पूर्ण गुरुङ, सुशीला श्रेष्ठ,इन्द्रकुमारी गुरुङ लगायत छन् । गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टीकाबहादुर कार्कीले मन्दिरकोे विकासका लागि सरोकारवाला एक हुनुपर्ने बताए । कार्यवाहक अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा… पुरा पढौ

बेगनासतालमा विराट ज्ञान महायज्ञ सुरु

राष्ट्रिय परोपकार महासंघको अग्रसरतामा लेखनाथबासीले आयोजना गरेको श्रीमद भागवत विराट ज्ञान महायज्ञ शनिबार सुरु भएको छ । कार्यक्रममा वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले उचित योजना र व्यवस्थापन अभावमा बेगनासताल लगायत अन्य गन्तव्य ओझेलमा परेको बताए । उनले अब गुरुयोजनासहित यो क्षेत्रको विकासमा प्रदेश सरकार लाग्ने उल्लेख गरे । प्रदेश सांसद विकास समिति सभापति दीपक कोइरालाले फेवातालको विकासलाई बेगनास र रुपातालसँग कसरी जोड्न सकिन्छ भनेर संसदमा पनि पटक पटक… पुरा पढौ

पिएनमा ३३ वर्षपछि प्रगतिशीलको विजय

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस(पिएन) समितिको निर्वाचनमा प्रगतिशिल पक्ष लोकप्रिय मतका साथ विजयी भएको छ । निर्वाचनमा नेपाल प्रगतिशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अन्य वाम घटक एक भएर चुनाव लडेकाले प्रजातान्त्रिक ५ सिटमा चित्त बुझाउन बाध्य भएको हो । प्रगतिशिल पक्ष २०४२ सालपछि प्राध्यापक संघमा विजयी भएको हो । शुक्रबार भएको निर्वाचनमा प्रगतिशील सभापति थानेश्वर सुवेदीसहित ६ स्थान प्रगतिशीलले जितेको छ । समानुपातिक निर्वाचन पद्धति अनुसार… पुरा पढौ

त्रिपाठी परिवारलाई पितृशोक

 वन विज्ञान अध्ययन संस्थान पोखराका सहप्राध्यापक हरिप्रसाद त्रिपाठी तथा मुस्ताङ जिल्ला अदालतका न्यायधीश बलराम त्रिपाठीलाई पितृशोक परेको छ । उनीहरुका बुबा युवराज त्रिपाठीको ९५ वर्षको उमेरमा शुक्रबार बेलुका निधन भएको हो । कास्कीको साविक कालिका गाविसमा जन्मेका त्रिपाठीको पोखरा महानगरपालिका वडा नम्बर २७ डाँडाकोनाकको आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय त्रिपाठीको शनिबार सेतीनदी किनार मोहरेखेरघाटमा अन्त्येष्टि गरिएको छ । त्रिपाठीका जेठा छोरा हरिप्रसाद नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को वन… पुरा पढौ

बेपत्ता युवती १३ दिनपछि मृत फेला

 पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । उनको खोजी गर्दै जाँदा हराएको १३ दिनपछि सडेको अवस्था शव भेटिएको विहादी–३ का वडाध्यक्ष रणबहादुर आलेले जानकारी दिनुभयो । उक्त शव पोष्टमार्टमका लागि वालिङ पठाइएको छ । मिर्मीमा होटल व्यवसाय गर्दै आएका रतनबहादुर कुँवरले शुक्रबार बिहान ड्याममा शव… पुरा पढौ

नेकपा दोलखा पार्टी कमिटी सर्वसम्मत

एकीकरण भएको लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखा शाखाका ९ वटै स्थानीय तहको पार्टी कमिटीका पदाधिकारी सर्वसम्मत रूपमा चयन भएका छन् । पार्टी कार्यदलको बैठकले जिल्लाका नौ स्थानीय तहमध्ये पाँचमा पूर्वएमालेका र चारमा पूर्वमाओवादी केन्द्रका सदस्यले नेतृत्व लिने गरी सहमति गरेको हो । चार सदस्यीय उक्त कार्यदलले पार्टीबाट आएको नाम र व्यक्तिका सम्बन्धमा लामो समयको छलफलपछि स्थानीय पार्टी कमिटीको नाम टुङ्गो लगाएको कार्यदलका सदस्य देवी खड्काले बताइन् ।कार्यदलमा पूर्वएमालेका… पुरा पढौ

घमी र चराङमा रेडियो लिंक,तल्लो मुस्ताङमा फाईबर नेट

ओझेलमा पर्दै आईरहेको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका घमी र चराङमा २ जी रेडियो लिंक मोवाईल सेवा बिस्तार हुदैछ ।यसअघि उपल्लो मुस्ताङको लोमान्थाङ बजारमा बिस्तार भएको यो सेवा लोघेकर दामोदरकुण्ड गाउपालिकामा बिस्तार गर्न लागिएको हो । संञ्चार सम्पर्क प्रभावकारी नभएको उपल्लो मुस्ताङमा रेडियो लिंक बिस्तारपछि यहाँका ११ वटै गाउमा संञ्चार सम्पर्कको पहुच स्थापित हुने नेपाल दुरसंञ्चार जोमसोमका कार्यालयका प्रतिनिधि महेन्द्र गुरुङले जानकारी दिए ।उनले रेडियो लिंकपछि सूचना आदान–प्रदान तथा ईन्टरनेट… पुरा पढौ

पोखरा वडा १९ को भवन शिलान्यास

पोखरा महानगरपालिका वडा नम्बर १९ को भवन शिलान्यास भएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार शिलान्यास गरेका हुन् । लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्याधुनिक वडा कार्यालय निर्माण गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा प्रमुख मानबहादुर जिसीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताए । ‘जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको हो,’ जिसीले भने, ‘ यो जनताकै भवन हो, भवन निर्माण… पुरा पढौ

टान कार्यकारी अधिकृतमा विक्रम

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विक्रम थापामगर नियुक्त भएका छन् । टान अध्यक्ष नवराज दाहालको अध्यक्षतमा गठित सिइओ छनोट समितिको सिफारिशबमोजिम टान कार्यसमितिले थापालाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको हो । स्याङ्जा घर भएका २८ वर्षीय थापाले हस्पिटालिटी एन्ड टुरिजम म्यानेजमेन्ट विषयमा बेलायतको सिफिल्ड हलाम विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । समितिले एक महीनाको अध्ययनबाट कडा प्रतिस्पर्धाका बीच सिइओ छनोट गरेको टानका मिडिया संयोजक गोपाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं