
३ वर्षपछि हुने राष्ट्रिय जनगणनाको केन्द्रीय तथ्यांक विभागले तयारी थालेको छ । विभागले गण्डकी प्रदेश स्तरीय गोष्ठी गरेको छ । कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आगामी जनगणनाले प्रदेशलाई नीति निर्माण गर्न सघाउनुपर्ने बताए ।
फरक फरक तथ्य र तर्कले कसरी काम गर्ने अन्योल हुने उनको भनाइ छ । विकास र समृद्धिको आधार नै तथ्यांक भएकाले पनि वस्तुगत तथ्यांक सत्य हुनुुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।
उनले भने, ‘आज कहाँ छौं र भोलि कहाँ पुग्नुपर्छ भन्ने कुराको ज्ञान राख्न पनि तथ्यांक सही हुनुपर्छ ।’ कार्यक्रमा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्याल, पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीलगायतले बोलेका थिए ।