समाचार

ट्रससहितको चिता निर्माण

पोखरा १ गाईघाट स्थित सुखवती वौद्ध गुम्बा परिसरमा ट्रससहितको चिता निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ घर भई हाल पोखरा १ लामपाटन बस्ने क्याप्टेन धर्मसिंह गुरुङले ट्रससहितको चिता बनाइदिएका हुन् । चिताको बिहीबार दाता धर्मसिंहले उद्घाटन गरे । उनले मानिसको मृत्युपछि दाहसंस्कार गर्ने क्रममा बेला बेलामा पानी पर्ने, लास जलाउन धेरै दुःख हुने गरेकाले यो संरचना निर्माण गरिदिएको बताए । सुखवती वौद्ध गुम्बा समिति सचिव माया गुरुङका… पुरा पढौ

असली नेकपा को ? सर्वोच्चमा रिट दायर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रबार दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ । आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा… पुरा पढौ

व्यवसायी र उद्यमीबीच के फरक ?

नयाँबजारमा आज पुरुषोत्तम न्यौपाने र शिव परियार आउने पोखरा,२१ मंसिर । व्यवसायी र उद्यमीबीच के फरक छ ? सजिलो उत्तर छ –व्यवसायीले पुरानो विचारलाई बोक्छ र बजारको एउटा खेलाडी बन्छ । उद्यमीको कुरा भने ठीक उल्टो छ, ऊ बजार हेर्छ र आफ्नो विचार र सोच प्रयोग गर्दै नया व्यवसाय सुरु गर्छ । अझ, सजिलो उत्तर– कुनै ठाउँमा रेष्टुरेण्ट चलेको देखेर कोही त्यही व्यवसायमा होमिन्छ तर उद्यमीले भने त्यही ठाउँमा नया… पुरा पढौ

पोखरा मल्टिमोडलमा स्वागत तथा मोटिभेसन कार्यक्रम

पोखरा मल्टिमोडल क्याम्पसमा नयाँँ विद्यार्थीको स्वागत तथा मोटिभेसन कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । पोखरा मल्टिमोडल प्रा.लि.का अध्यक्ष लिलाधर बरालको अध्यक्षतामा कार्यक्रम भएको हो । वि.वि.एस प्रथम वर्षका विद्यार्थीहरुलाई अविर, फुल र खादाले स्वागत गरिएको थियोे । क्याम्पसका प्राध्यापक नगेन्द्र भण्डारी र पूर्व विद्यार्थी एवम युवा वैज्ञानिक विकल्प ढुङ्गानाले मल्टिमिडिया मार्फत मोटिभेसनका लागि मन्तव्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा प्राध्यापक भण्डारीले विद्यार्थीले आफ्नो लक्ष्य तय गरेर सोही लक्ष्य अनुसार… पुरा पढौ

ओली गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री !

 शाही यूवा शक्ति, नेपालका अध्यक्ष पशुपति खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्र नेपालका अन्तिम प्रधानमन्त्री भएको बताएका छन् ।शुक्रबार रिपोर्टर्स क्लब नेपालमा शाही यूवा शक्ति, नेपालले आगामी पुष १ गते काठमाण्डुमा गर्न लागिएको विशाल मोटरसाईकल र्‍यालीको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले वर्तमान सरकारका प्रधानमन्त्री सक्रिय राजतन्त्रभन्दा सयौं गुणा निरंकुश बनेको आरोप लगाए । खड्काले भने,‘वर्तमान शासन सत्ता जनताको भावनाविपरित चलेको छ, गणतन्त्रभन्दा सक्रिय राजतन्त्र एकदमै… पुरा पढौ

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध रिट दर्ता

 प्रधानमन्त्री केपी ओलीविरुद्ध सर्वोच्चच अदालतमा मुद्धा दायर भएको छ । प्रधानमन्त्रीविरुद्ध ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्धा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन् । भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाइसीएलको स्थानीय नेताका रुपमा काम गरे । भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ… पुरा पढौ

श्रृङखलाले भित्राउँलिन् मिस वर्ल्ड उपाधी

नेपाललाई मिस वर्ल्डको उपाधी जिताउँन भोट गरौँ चीनमा जारी मिस वर्ल्ड २०१८ को प्रतिष्पर्धामा रहेकी मिस नेपाल श्रृङखला खतिवडाले मल्टिमिडिया र व्युटी विथ प्रपोजको अवार्ड जितेसंगै उनको चर्चा एकाएक चुलिएको छ । मल्टिमिडिया अवार्ड जितेसंगै फाईनलमा प्रबेश गरेकी उनले मिस वर्ल्डकै उपाधी सरह मानिने व्युटी विथ प्रपोजको अवार्ड पनि जितेपछि उनी विश्वभर चर्चित बनिन् । उनलाई साथ र समर्थन नेपालीबाट मात्र होईन बंगलादेश , फिलिपिन्स , मलेसिया जस्ता राष्ट्रहरुबाट पनि… पुरा पढौ

गोपाल जिसीको नेतृत्वमा प्रदेश कमिटि गठन

नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी पत्रकार महासंघ प्रदेश नं ४ को भेला भव्य रुपमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको भवनमा बिहीबार सम्पन्न भएको भेलाले नवदृष्टि डटकमका प्रधान सम्पादक गोपाल जिसीको नेतृत्वमा एक सदस्य पछि थप्ने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । सदस्यहरुमा नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य सञ्जय तिवारी, वर्गदृष्टि साप्ताहिकका संवाददाता राजेन्द्र सुवेदी, रेडियो कुसुमका समाचार वाचक निर्मल पौडेल, दाउन्ने साप्ताहिककी संवाददाता शोभा… पुरा पढौ

माओवादीको हेडक्वाटरमा शान्ति स्मारक

देशैभर संकटकाल, दिनदिनै हताहती, विदेशिने युवाको लाम, ग्रामीण क्षेत्र जति विद्रोहीको कब्जामा, शहरमा खुम्चिएको राजाको सरकार । विद्रोहको उत्कर्षताका यस्तो थियो देश । ७ दल र विद्रोही तत्कालीन माओवादीबीच सहकार्य भयो । ज्ञानेन्द्र शाह पछि हटे, संसदमा पुगे विद्रोही । मन्त्री, संसदमात्र बनेनन्, २ कमान्डरहरु त प्रधानमन्त्री नै भए । चुनाव चितेरै देशको सबैभन्दा ठूलो दल बन्यो माओवादी । कालान्तरमा शक्ति खुम्चिँदै तेस्रो भएको माओवादी फेरि पनि मुल धारमै आइपुग्यो… पुरा पढौ

मजदुरलाई न्यूनतम तलब नदिनेलाई कारवाही: श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने चेतावनी दिएका छन् । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बतए । उनले सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि उक्त योजनामा सहभागी गराइने जनाए ।बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत सेवा उद्योगको विकास र विस्तार गर्दै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं