मुस्ताङ आउने पर्यटकको निगरानी सिसी क्यामेराले गर्ने


जिल्ला प्रहरी कार्यालयले मुस्ताङले जोमसोमक्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।प्रहरी प्रधान कार्यालयले मुलुकभरका प्रहरी कार्यालय तथा मुख्य बजारक्षेत्रमा,चोक र राजमार्गहरुमा सिसी क्यामेरा राख्ने योजना अनुसार मुस्ताङमा यसको गृहकार्य भईरहेको हो ।


प्रहरी प्रधान कार्यालयले चालुवर्षको बजेटमा प्रत्येक जिल्लाका प्रहरी कार्यालय तथा व्यस्त बजारलाई लक्षित गर्दै बजेट बिनियोजन गरेको हो ।मुस्ताङका डिएसपी महेन्द्र खड््काले केन्द्रिय बजेट र कार्यालयको आन्तरिक बजेट मार्फत २ महिनाभित्रै सिसी क्यामेरा राख्ने तैयारी भईरहेको जानकारी दिए ।उनले कार्यालयमा आउने सेवाग्राही न्यून हुने भएकाले राजमार्ग र बिमानस्थललाई लक्षित गरेर सिसी क्यामेरा राख्ने जानकारी दिए ।

‘सिसी क्यामेराको गृहकार्य भईरहेको छ,लागत ईष्टमेट गरेका छौ,‘डिएसपी खड््काले भने,‘बेनी–जोमसोम सडक र बिमान स्थललाई केन्द्रमा काम हुन्छ ,एक महिना भित्र सिसी क्यामेराबाट निगरानी गर्ने काम हुन्छ ।


डिएसपी खड््काका अनुसार सिसी क्यामेरा बिमान स्थलको भित्र र बाहिर देखिने प्रबेशद्धार ।सडकको उत्तर–दक्षिण तर्फ देखिने गरी सिसी क्यामेरा जडान हुने जनाए ।उनले प्रहरी प्रधान कार्यालय प्रहरी सेवा प्रविधि मैत्री बनाउन तथा यस्तो सोच बनाएको उल्लेख गरे ।


जिल्ला प्रहरी कार्यालयले सिसी क्यामेरालाई चाहिने कम्प्यूट र मनिटर खरिद गर्ने तैयार गरेको हो ।पछिल्लो समय मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भईरहदा कार्यालयले सिसी क्यामेराको अबधारण ल्याएको हो ।जिल्लामा बिभिन्न सोच भएका पर्यटक यहा आउने भएकाले संम्भावित घटनाको अनुसन्धानलाई पारदर्शी बनाउन सिसी क्यामेरा उपयोगी प्रहरी नायब उपरिक्षक खड््को भनाई छ ।


मुस्ताङमा केही महिना अघि वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको छेङ््गुरमा मूर्तिचोरी काण्ड तथा अन्य छिटफुट घटना भएका छन्् ।सिसी क्यामेरा प्रविधि जडान भएपछि अब मुस्ताङ भित्रने हरेक पर्यटक तथा सवारी साधनहरुको निगरानी र डाटा सुरक्षित रहने खड््काले बताए ।