गण्डकीका स्वरोजगार व्यापार श्रमिक संगठित

नेपाल स्वरोजगार व्यापार श्रमिक संघको प्रथम गण्डकी प्रदेश भेला मंगलबार भएको छ । भेलाले अर्जुन सुनारको अध्यक्षतामा संघको गण्डकी प्रदेश कमिटी गठन गरेको छ । संस्थाको उपाध्यक्ष गोविन्द गौतम, सचिव वैकुण्ठ पोखरेल, सहसचिव विष्णुहरि पौडेल र कोषाध्यक्षमा रेशमलाल तिमिल्सिना छन् ।

कमिटीको सदस्यमा शिव लामिछाने, बालकुमारी श्रेष्ठ, कुमारी गरौंजा मगर र चन्द्रा धमेल छन् । भेलामा नेपाल टेड युनियन महासंघ(जिफन्ट) महिला कमिटी अध्यक्ष तथा गण्डकी प्रदेश सभा सांसद मीना गुरुङले संगठित शक्तिले मात्र श्रमिकको हितमा काम गर्न सक्ने धारणा राखिन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघका केन्द्रीय अध्यक्ष कुमार सापकोटाले स्वरोजगार व्यापार श्रमिकबारे नीति तथा कानुनको अभाव भएको बताए ।

श्रमिक संघमा ६० प्रतिशतभन्दा बढी महिला रहेको उल्लेख गर्दै उनले संघमा आबद्ध श्रमिकलाई समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा समेट्न माग गरे । कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्री, जिफन्ट गण्डकी प्रदेश कमिटी सचिव लीलाबहादुर कार्की, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष कर्णसिं गुरुङ, संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर केसी लगायतले बोलेका थिए ।