वानेश्वरमा मध्यराति बैंकको एटीएम तोडफोड गर्ने पक्राउ

 राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहको सुखीपुर नगरपालिका–६ घर भएका १८ वर्षीय किशोर यादव रहेको प्रहरीले जनाएको छ । 

मंसिर ११ गते राति १ बजे चोरी गर्ने उद्देश्यले यादवले एटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो । 

यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।