रोटरी क्लब अफ पोखराको २०१९/२० को अध्यक्षमा गोपाल धोजु चयन भएका छन् । क्लबको हालै सम्पन्न अधिवेसनले धोजुलाई अध्यक्षमा चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रकाशदेव पालिखे र सचिवमा उर्दिप श्रेष्ठ चयन भएका छन् ।
समितिको सल्लाहकारमा विपिन केसी, सर्जेन्ट एण्ड आर्ममा कपिलकिरण श्रेष्ठ, क्लब एडिटरमा डा. राजेन्द्र गौतम चयन भएका छन् ।
क्लबको निर्देशकमा बमबहादुर गुरुङ, गणेशमानसिंह भण्डारी, ज्ञानेन्द्र सिग्देल, रामचन्द्र थापा, शारदा खत्री गौतम क्लब एडमिनिस्ट्रिेसनमा निरञ्जन श्रेष्ठ, क्लव मेम्बरसीप डेभलपमेन्ट चेयरमा मीनु कुवँर श्रेष्ठ, सर्भिस प्रोजेक्ट चेयरमा विनयकुमार श्रेष्ठ र पब्लिक रिलेसन चेयरमा भुपालजंग कुँवर चयन भएको क्लबका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।निर्वाचित समितिले २०१९ साल जुलाई महिनाबाट कार्यभार सम्हाल्ने छन् ।