मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको पुर्व प्रधानमन्त्री झलनाथ खनालले खुलासा गरेका छन् । पुर्व प्रधानमन्त्री, नेकपा बरिष्ठ नेता तथा सांसद् झलनाथ खनालले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि चुरोट पिउन छोडेको खुलासा गरेका हुन् ।
वि.स.२०४६ सालको परिवर्तनपछि उनले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले त्यती बेलामा कृषी, भुमि व्यवस्था, वन तथा वातारण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
मन्त्रीको हैसियतमा वातावरण दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा सहभागी भएर चुरोट पिउन हुँदैन भन्दै भाषण गरेको दिनदेखि चुरोट छाडेको उनले बताए । उनले साथीहरुसँगको रमाईलोमा कहिले काँही मदिराको चुस्की भने लगाउने गरेको जानकारी दिएका छन् ।
डल्लुमा रहेको उनको निवासमै कुराकानी गर्दै उनले चाँडै आफ्नो गीति संग्रह सार्वजनिक गर्ने तयारी भइरहेको पनि बताएका छन् । फुर्सदको बेलामा उनले गीत, कविता लेख्ने गरेका छन् ।