प्रचण्डलाई फेसबुकका गाली गर्ने कांग्रेस नेता पक्राउ


चितवनका होटल ब्यवसायी एबं नेपाली काँग्रेसका महासमिती सदस्य सुबोध प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को बारेमा फेसबुकमा नराम्रो स्टाटस पोष्ट गर्दा प्रधान पक्राउ परेका हुन । “प्रचण्ड”को मानमर्दन हुनेगरि स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उजुरी कर्ताको परिचय गोप्य राख्दै चितवनका प्रहरी प्रमुख एसपि शुसीलसिंह राठौरले प्रधानसंग आरोपबारे सोधपुछ भईरहेको छ । प्रचण्डको बारेमा राखिएको गलत पोष्ट आँफुहरुले समेत हेरेको राठौरको भनाई छ ।

पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाईल्डलाईफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्ब केन्द्रिय सदस्य समेत हुन ।